वेदाङ्गज्योतिषमा अधिकमास
वेद हिन्दुहरुको मूल धर्मग्रन्थ हो । वेदको अर्थ गर्न ऋषिहरुले ६ वेदाङ्ग रचेका छन् । तिनमा ज्योतिष कालको निरूपण गर्ने शास्त्र हो । मूल ज्योतिषशास्त्रग्रन्थमा ऋग्वेदीहरुका र यजर्ुर्वेदीहरुका परम्पराबाट आएका आर्चज्योतिष याजुषज्योतिष प्राप्त छन् । उक्त ग्रन्थहरुको रचना ३४ सय वर्षति अघि भएको मानिएको छ । तर्सथ यी ग्रन्थ विक्रमाब्दका छैटो शतकपछिका आर्यभटीय, पञ्चसिद्धान्तिका, बृहत्संहिता, ब्राह्मस्फुटसिद्धान्त, खण्डखाद्यक, भास्वती, सिद्धान्तशिरोमणि, ग्रहलाघव, मुहर्ूतमार्तण्ड, मुहर्ूतचिन्तामणि इत्यादि भन्दा सारै नै धेरै प्राचीन देखिञ्छन् । वैदिकहरुका निम्ति आर्चज्योतिष-याजुषज्योतिष भनिने गरिएका मूल ग्रन्थहरु नै मूल वेदाङ्गज्योतिष ग्रन्थ हुन् । स्वाद्ध्यायशालाकुटुम्बलेे शिक्षा, कल्प इत्यादि छओटै वेदाङ्गहरुले सहित वेदको अध्ययन गर्ने र श्रौत कृत्यहरुका लागि र स्मार्त कर्महरुका लागि आवश्यक कालव्यवस्था मूल वेदाङ्गज्योतिषग्रन्थका आधारमा बुझने उद्देश्यले वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र इत्यादि धेरै ग्रन्थहरुको गम्भीर अनुसन्धान गरी तिनका समेत आधारमा वेदाङ्गज्योतिषग्रन्थको तार्त...