विवाहका प्रकार
पर्ूर्वीय मान्यतामा चार पुरुषार्थ -पुरुषार्थचतुस्टय) साधना गर्नका लागि पनि विवाहको आवश्यकता पर्दछ । धार्मिक विधिपर्ूवक विवाह गरिएकी असल शील,स्वभाव भएकी पत्नी चतर्ुवर्गमध्ये त्रिवर्गफल र्-धर्म, अर्थ, काम) साधना गराउन सहयोगी र सक्षम हुने कुराको उल्लेख पाइन्छ । त्यस्तो असल शीलस्वभाव विवाहको लग्नको वशमा हुन्छ । त्यस्तै जन्मसमयमा अरिष्ट योगहरू उपस्थित भएका भए पनि विवाहमुहर्ूत अत्यन्त शुद्ध भएमा मानिसको जीवन नै परिविर्तन हुनसक्ने कुरा समेत विद्वान् आचार्यहरूले गरेका छन् । यसरी विवाह पर्ुनर्जन्म सरह नै हुन सक्ने भएकाले विवाह समयमा मुहर्ूतको निर्धारण अत्यन्त विचार गरेर गर्नुपर्ने देखिन्छ । मनुस्मृति, याज्ञवल्क्यस्मृति, महाभारत लगायतका ग्रन्थहरूमा विवाहका वारेमा वर्ण्र्ाागरिएको पाइन्छ । मनुस्मृतिमा ब्राहृम, दैव्ा, आर्ष प्राजापत्य, आसुर, गार्न्धर्व, राक्षस र पैश्ााच गरी विवाहको आठ प्रकार देखाइएको छ । ब्राहृमविवाहः - योग्य वर बोलाएर यथाशक्ति अलङ्कृत कन्यालाई दिइने विवाह ब्राहृम विवाह हो । यस्तो विवाहबाट जन्म भएको सन्तानले आफू सहित अघिका १० र पछिका १० गरी २१ पुस्तालाई तार्छ भनिएको छ । दैवविवाह...