Posts

Showing posts with the label कुमारिल भट्ट

सायनको शास्त्रीयता

प्रा.डा.दीर्घराज घिमिरे कलयति वा कालयति व्रि्रहबाट अण् वा अच् प्रत्यय निष्पन्न रूप हो काल । यसको प्रकृति हो शब्द र संख्यानार्थकभ्वादिगण तथा प्रेरणार्थक चुरादिगणको कलधातु । व्रि्रहगत अर्थका आधारमा सोझै वा आफूभिन्नबाट जगन्नियन्त्रक सञ्चालक स्थापक भन्ने बुझिन्छ, त्यही हो वास्तविक काल, स्वतः अखण्ड छ । लोकमर्यादा चलाउन र परिपालन गर्न उपाधि माध्यम गणना गरिन्छ, क्षणदेखि सम्बत्सरसम्म गणनाभित्र पर्छन् । सानो अवधिको काल क्षण र ठूलो अवधिको काल सम्बत्सर हो । क्षणभन्दा सानो काल गणितभित्र पर्दैन र सम्बत्सरभन्दा ठूलो अवधि गणना गरिंदैन, सम्बत्सरकै आवृत्ति भइ रहने हो र कल्पमा विश्रान्त हुन्छ । स्वतः र्सवाधारात्मक काललाई वर्गीकरण गर्ने र त्यसको भेदलाई नियाल्ने योग्यता कुनै पनि अर्सवज्ञलाई होला भन्ने कल्पना समेत गर्न सकिंदैन त्यसैले भनिन्छ कालो˜नन्तो˜जरो˜मरः काल अनन्त अजर र अमर छ । वस्तुगति यस्तो हुँदाहुँदै पनि कालबारे दार्शनिक मतभेद छन् । क्रियावदवस्तुको सम्बन्धले बुझ्नुपर्ने हुनाले काल अतीन्द्रिय हो अनुमेय हो वैशेषिक न्याय मतमा । काल इन्द्रिय वेद्यता छ नत्र कालमा रहेका पदार्थमा इन्द्रियजन्य ज्ञान वेद्य...