Posts

Showing posts with the label 'ज्योतिष विद्या

मोबाइलबाटै ज्योतिष विद्या

Image
'हेलो, ज्योतिष बाजे' बडाभैरव २ खोरका पे्रमबहादुर शाही फोनमा भन्दै थिए, 'हिजो मेरो छोरा जन्म्यो, उसको नाम जुराइदिनु पर्‍यो ?' ज्योतिष बाजेले जन्मेको समय, स्थान, बाबुआमाको नाम टिप्दै फोनमै उत्तर फर्काए, 'हुन्छ, बच्चाको नाम, ग्रहदशा कस्त्ाो छ दिउँसो हेर्छु । बुझ्नलाई साँझतिर फोन गर्नुहोला ।' दैलेखको पगनाथ ५ गन्मका ज्योतिष पञ्चरत्न अधिकारी र कट्टी खोलापारिको खोर गाउँका शाहीबीच भदौ ९ गते मोबाइलमा यस्तै बातचित भयो । आफ्ना गाउँका अतिरिक्त बडाभैरव, कट्टी, डाँडापराजुल, लाँकुरी, विन्ध्यवासिनी सहित छिमेकी गाविसका बासिन्दाले आफूसँग ज्योतिष सेवा तथा परामर्श मोबाइलबाटै लिने गरेको अधिकारी बताउँछन् । सञ्चारको विकासले हरेक क्षेत्रका कामकाजमा सहज भएजस्तै ज्योतिष अधिकारीलाई पनि मनग्गे फाइदा हुनपुगेको छ । 'बच्चाको नाम जुराउने, भविष्यवाणी गर्नेदेखि ग्रहदशा हेर्ने र शुभअशुभ कार्यको साइत हेर्ने काममा मोबाइल साथी भएको छ,' उनले खुसी हुँदै सुनाए, 'यस्ता सबै कामको अर्डर मोबाइलबाटै लिन्छु र हेरिसकेपछि यसैबाट जानकारी गराउँछु ।' ज्योतिष अधिकारी जिज्ञासुका सबै प्रश्न टिपोट ...

ज्योतिष परामर्श

Image
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च । तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।। जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ । ज्योतिषीय सल्लाह को लागि हामीलाई सम्पर्क गर्नुहोस। चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी ज्योतिष परामर्श गरिन्छ । परामर्श शुल्क रु. ५५०।- सम्पर्क:- ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक डा. एस.सुनील Cell No. 00977-9851072188. ज्योतिर्विज्ञान मञ्च (Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal) Email :- astrologernepal@gmail.com

'फलित ज्योतिष : एक ठग विद्या'

ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्?  यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेकाले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तार...