Posts

Showing posts with the label पुर्बजन्मको पाप पुण्य

पुर्बजन्मको पाप र पुण्य

Image
ज्योतिष शास्त्रमा केवल यस जन्मको घटना मात्रै नभएर (पुर्बजन्मको -जन्मनु भन्दा अघिल्लो) फल पनि थाहा हुन्छ । पहिलाको जन्ममा उसले के कस्तो पाप या पुण्य गरेको थियो । त्यसको फल यस जन्ममा भोग्नु पर्ने ज्योतिष शास्त्र बनाउँछ । कुनै पनि व्यक्तिको पुर्बजन्मको स्थिति कस्तो थियो । उ कुन योनीमा जन्म लिएको थियो । उसले के कस्तो फल भोगेको थियो । यि सबैको विवरण महान् ज्योतिष ग्रन्थ भृगु संहितामा उल्लेख छ । भृगु संहिता अनुसार पुर्बजन्ममा भएका घटनाक्रमको जानकारीको लागि जन्म कुण्डलीमा स्थिति सबै ग्रहको शुभाशुभ स्थितीको विचार गर्नु पर्दछ । कुन ग्रह बलवान र कुन ग्रह निर्वल छ । कुन शुभ छ कुन पाप पीडित छ । ति सबैको जानकारी हुनु पर्दछ । जुन ग्रह अशुभ फलदायक बनिरहेको छ, त्यस ग्रहसँग सम्बन्धित विषयको बारेमा व्यक्तिले पुर्ब जन्ममा अशुभ कार्य गरेको हुनेछ र त्यसैको फल यस जुनीमा भोग्दछ । अब कसले पुर्बजन्ममा के कस्तो कार्य गरेको थियो त भन्ने बुझ्नलाई जन्म कुण्डलीको अष्टम भावको विचार गर्नु पर्दछ । जन्म कुण्डलीमा अष्टम भावलाई मृत्यु आयु रहस्यमय विषय पुर्बजन्म तथा दैविकृपाको भाव मानिन्छ । अतः अष्टम भावको ग्रहस्थिति अन...