Posts

Showing posts with the label ग्रहशान्ति

ग्रहशान्ति सप्तबार व्रतविधि

Image
रविवार व्रतविधि सबै प्रकारको कामनासिद्धि एवं नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणको साथसाथै आयु एवं सौभाग्य वृद्धिको लागि रविबारको व्रत राख्ने गरिन्छ । व्रत राख्दा शुक्ल पक्षको पहिलो रविबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म राख्न सकिन्छ । यदि कुनै कारणवश एक वर्षपूरा गर्न नसकेको अवस्थामा १२ रविबारसम्म भने अवश्य नै राख्नपर्दछ । व्रतको दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा अगाडि स्नान गरी शुद्ध रातो कपडा लगाएर ' ॐ सूर्यय नमः' बीज मन्त्रको पाठ ५ मला गर्ने । त्यसपछि रविवार व्रत कथा पढ्ने त्यसपश्चात सूर्यलाई अक्षता, रातो  फूल, दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिने- नमः सहस्त्रकिरण र्सवव्याधि विनासन । गृहणहर्य मया दत्तं संज्ञया सहितो रवे ।। फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउने व्रतको सम्पत्ति अर्थात् अन्तिम रविवारको दिन हवनपश्चात ब्राहृमण दम्पतीलाई भोजन गर्राई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न गर्राईआशिर्वाद लिने । सोमबार व्रतविधि यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक या मंसिर महिनाको शुक्लपक्ष ...