Posts

Showing posts with the label लक्ष्मीपूजा

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको शुभ-कामना

तिहार हामी हिन्दू धर्माव्लम्बी हरुको दशै पछी को अर्को महान चाड हो । यो चाड, रङ र बत्तीहरुको उत्सव भन्दा फरक नपर्ला किनभने यो अवधी भर हरेक को घर बिभिन्न रङ अनि आकर्षक झिलिमिली बत्तीले सजिएको अनि रङिएको हुन्छ । के गाउ के शहर, जताततै बत्तीको उज्यालोले स्वर्गको आभास गराउदछ । बिषेश गरी यो चाडमा धनकी देवी लक्ष्मी को पूजा आजा गरी मनाइन्छ । तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ, यमराज लाई यो पाच दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो । कसै कसैले यो चाडलाई सुख अनि समृद्धी को रुपमा पनि मान्ने गर्छन । यो तिहार सम्बन्धी एउटा रोचक किम्बदन्ती यहाँ राख्दै छु, किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ? कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन् ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने । जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(त...