Posts

Showing posts with the label सत्ययुग

आज रक्षाबन्धन

Image
आज देशभरी हिन्दुहरुको महान पर्व रक्षाबन्धन बाँधेर मनाईदै छ । शुक्लपक्ष पूणिमा तिथीका दिनमा ब्राम्हणहरु र तर्राई क्षेत्रमा दिदी बहिनीबाट रक्षा सुत्र (डोरो)बाँध्ने भएको हुनाले यस दिनलाई रक्षा बन्धन पनि भनिन्छ । यस पर्वलाई जनैपूणिमा पनि भनेर चिनिन्छ । शुक्लपक्ष पूणिमा तिथीका दिन हिन्दू धर्मवलम्बीहरुले शिवको मन्दिरमा गएर पुजा गर्ने गर्दछन् । व्रतन गरेका पुरुषहरुले आजकै दिन जनै फेर्ने परम्परा पनि चलिआएको छ । आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनको ठूलो घुइँचो लाग्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बँाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको  रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । "येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल "...