Posts

Showing posts with the label मेदिनी ज्योतिष

२०६७ संवाहक परिवर्तनको

मेदिनी ज्योतिषमा अनुसन्धान  गर्ने व्यक्तिहरुको लागि २०६७ साल अविश्मरणीय रहने छ ।  वर्षो सुरुवातमा नै औंशी पर्नु जेठमा विश्वघस्र पक्ष हुनु र वृहस्पति शनी परस्पर विपरित रहनु आँफैमा विचरणीय  अवस्था हो । विशेष गरेर विश्वघस्र पक्ष अर्थात् तेह्र तिथिको एक पक्ष हुनु संहिता ज्योतिषमा विशेष अनिष्ट फलदायक बतायउको छ । संहिता ज्योतिष अनुसार विश्वघस्र पक्ष परेको वर्षा ठूल्ठूला युद्धहरु हुनेछन् । जनतामा त्रासको वातावरण बनिरहनछ । प्राकृतिक आपद विपदले पृथ्वी चलायमान भइरहनेछ । पापीको नाश हुनेछ र धर्मको उदय हुनेछ । पुराणहरुको अनुसार महाभारको युद्ध हुँदा विश्वघस्र पक्ष परेको थियो । त्यस्तै योग २०६७ सालमा पनि परेको छ ।  २०६७ साल नेपालको लागि विशेष महत्व राख्दछ । महान जनआन्दोलन पश्चात संविधनसभाको चुनाव र समयमा नै संविधान लेख्नुपर्ने दायित्व पनि छ । तर ग्रह प्रतिकूल हुँदा  देशमा के-के हुने हो - भन्ने विशेष चर्चा ज्योतिषीहरुबीच प्रायः चल्ने गरेको पाइन्छ । साथसाथै अधिकांश ज्योतिषीहरु विभिन्न भयावह भविष्यवाणी गर्न पनि पछि परेका छैनन् । विश्वयुद्ध हुन्छ प्राकृतिक प्रकोप, भूकम्पले तहसनहस...