तन्त्रशास्त्रमा क्रमदीक्षा
तन्त्रशास्त्रमा क्रमदीक्षाको अति महत्व छ । क्रमादीक्षाको क्रममा मन्त्रग्रहणलाई पर्ूवाधारको रूपमा स्वीकार गरिएको छ । मन्त्रग्रहण गर्दा वर्ग जुराउनु पर्छ । मन्त्र लिने र मन्त्रको वर्ग शत्रु पर्न गएमा त्यो मन्त्र जर्ुर्दैन। वर्गचक्र वर्ग अक्षर गरुड अ, आ, इ ,इ, उ, ऊ, ऋ, ऋ,लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः बिरालो क, ख, ग, घ, ङ, सिंह च, छ, ज, झ, ञ कुकुर ट, ठ, ड, ढ, ण र्सप त, थ, द, ध, न मुसो प, फ, ब, भ, म मृग य, र, ल, व भेडो श, ष, स, ह (बाराही तन्त्र) यसको उदाहरण- अरूण नाम गरेको व्यक्तिले 'त' अक्षरबाट उठेको मन्त्र ग्रहण गर्दा 'अ' अक्षरको गरुड वर्ग र 'त' अक्षरको र्सप वर्ग भएकोले र्सप र गरुडको सधैं शत्रुता भएकोले यो मन्त्र जर्ुर्दैन । 'अ' बाट नाम उठेको मन्त्र भने जर्ुछ । यसमा व्यवहारअनुसार पनि विचार गर्नुपर्छ । आफ्नो वर्गदेखि पाँचौं वैरी र चारौं मित्र हुन्छ ।