Posts

Showing posts with the label स्वास्थ्य अनुसन्धानकर्ता

यौनसम्पर्कले मोटोपन घटाउने

Image
|स्कटल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार यौनसम्पर्कले स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्‍याउँछ। यौनसम्पर्कको निरन्तरताले ब्लडप्रेसरलाई नर्मल राख्नुका साथै मानसिक तनावमा समेत कमी आउने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। दुई दर्जन महिला र त्यत्तिकै संख्याका पुरुषहरूमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार जो वयष्कहरूले नियमित रुपमा यौनसम्पर्क राख्छन्, उनीहरू तनावको सिकार हुनबाट बच्ने गर्दछन्। यौनसम्पर्कले मानिसको मोटोपन रोक्नुका साथै घटाउन पनि मद्दत पुर्‍याउँछ। आधा घण्टाको यौनसम्पर्कले ८५ क्यालरिज वर्न हुन्छ। अमेरिकन एसोसिएसन अफ सेक्सयुलिटी एजुकेसर्न एन्ड थेरेपिस्ट्सका सभापति पौरी ब्रिटनका मुताबिक सेक्सले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउँछ। एक युरोलोजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको एक रिपोर्टमुताबिक सेक्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। रिपोर्टका अनुसार जो मानिस ३० वर्षभन्दा कम उमेरको छ, यौनसम्पर्कले भविष्यमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। जबकि, ३० वर्षभन्दा बढी उमेरका मानिसहरूले ...