Posts

Showing posts with the label ज्योतिष विज्ञान

अंक ज्योतिषद्वारा व्यवसाय निर्धारण

Image
ज्योतिष विज्ञानका विभिन्न हाँगाहरूमध्ये अंक विज्ञान पनि महत्वपूर्ण मानिन्छ । यो भविष्यफल जान्नका लागि विशिष्ट माध्यम बन्दछ । यसको माध्यमबाट मानव जीवनसँग सम्बन्धित महत्वपूर्ण घटनाको जानकारी दिन सकिन्छ । अंक ज्योतिषको क्षेत्रमा पाश्चात्य ज्योतिष कीरो (काउन्टलुइस हेमन), मागर्रर्ेट अनौल्ड, वाल्टर बी. गिब्सन, हिचकाँक, युनाइटेड क्रास आदिले ठूलो योगदान दिएका छन् ।अंक विज्ञानमा विभिन्न अवधारणाहरू प्रचलित छन् । अंक विज्ञान जान्नुभन्दा पहिले यसको सैद्धान्तिक पक्षलाई जान्न आवश्यक पर्दछ । अतः पाठकलाई अंक विज्ञानको बरोमा प्रमुख अवधारणाको जानकारी दिँदैछु। अंक ० देखि ९ सम्मका अंकलाई मूलांक भनिन्छ, जसलाई मिलाएर संख्या बनाउन सकिन्छ मूलांक :- अंक गणितमा ० देखि ९ सम्मको १० धनात्मक पूर्ण संख्या नै आधारभूत अंक हुन् । यसैको माध्यमबाट अरू सबै संख्याहरू (जुन लाखौँ, अरबौँ हुन्छन्) बनाउन मिल्दछ । फेरि पनि अंक ज्योतिषमा ० संख्यालाई छाडेर १-९ सम्मको आधारभूत संख्यालाई नै मूलांक मानिन्छ । अंक ज्योतिषमा मूलांकको तार्त्पर्य अंग्रेजी महिनाको जन्म तारिखको अंकलाई मानिन्छ । यदि कसैको जन्म ३०, जनवरी १९८० मा भएको रहे...

निवासयोग्य भूमि

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हेर्नु पर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दरिद्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति (जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ ...