Posts

Showing posts with the label ज्योतिर्विज्ञान

२०६८ सालको ग्रहफल

Image
ज्योतिषशास्त्रमा दर्ुइ प्रकारको ग्रह गणना पद्धति वर्तमानमा प्रचलनमा आएको छ । एउटा सायन र अर्को निरायण, जसले आफ्नो गणनामा वसन्त सम्पातलाई आरम्भ स्थान मान्दछन्, तिनीहरू सायन वादी र त्यसको अतिरिक्त कुनै अरु नै विन्दुलाई आरम्भबिन्दु मान्ने निरायण वादी । सामान्यतय भारत, नेपालमा जुन ज्योतिषको प्रचलन छ । पात्रो (पाञ्चाङ्ग) बन्दछ । त्यो निरायण हो र पाश्चात्य ज्योतिषहरूले जुन गणनालाई आधार लिन्छन्, त्यो सायन हो । आजकाल निरायणवादी र सायनवादीबीचको खाडल गहिरिँदै गएको र विवाद झन् चुलिँदै गइरहेको देखिन्छ । ज्योतिर्विज्ञानमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसलाई संक्रान्ति या संक्रमणकाल भनिन्छ । सामान्यतया लोकव्यवहारमा यसलाई संक्रान्ति भन्ने प्रचलन छ । सूर्यको राशि परिवर्तन अर्थात् संक्रान्तिकाल या संक्रान्तिको दिन ज्योतिर्विज्ञानमा विशेष महत्व राख्दछ । वैशाख संक्रान्ति, श्रावण संक्रान्ति, माघ संक्रान्ति विशेष महत्वका छन् । ज्योतिषविज्ञानमा मेष (वैशाख) संक्रान्तिमा सूर्य भेष राशिमा प्रवेश गर्दछ र आजकै दिनदेखि नयाँ वर्षसुरु हुन जान्छ र नेपालमा नयाँ वर्षो उपलक्ष्यमा ...

विवाह कहिले र कता ?

Image
ज्योतिर्विज्ञानमा जन्म, कर्म, विवाह, धन, पुत्र र मरणलाई निकै महत्व दिएर विभिन्न व्याख्या गरिएको हुन्छ । तर हामी यहाँ विवाहको बारेमा केही चर्चा गर्न गइरहेका छौँ । हरेक व्यक्ति एवं माता पितालाई आफ्नो एवं सन्तानको विवाहमा विशेष चिन्ता र रुची रहेको हुन्छ । विवाह कस्तोसँग कुन दिशामा कति वर्षा हुने हो । विवाह पछि कस्तो रहला आदि स्वभाविक जिज्ञासाहरूको समाधान गर्न गइरहेका छौँ । ज्योतिर्विज्ञानमा जन्म समयको पूवीय क्षितिजमा जुन राशि उदाउँदछ, त्यसलाई जन्मलग्न भनिन्छ र त्यसदेखि पश्चिमी क्षितिजमा उदाइरहेको लग्नलाई विवाहको लग्न मानिन्छ । अर्थात् जन्म लग्न आफ्नो र जन्म लग्नबाट सातौँ स्थानमा रहेको लग्न पति पत्नीको लग्न भनिन्छ । यसैको आधारमा पति/पत्नीको रूप, रंग, स्वभाव आदिको बारेमा ज्ञान गर्ने गरिन्छ । र्सवप्रथम विवाह कुन दिशामा हुने हो । त्यसको जानकारी हुनर्पर्दछ । यसको लागि सप्तमेश जुन राशिमा गएर बसेको छ । त्यस राशिको दिशामा विवाह हुने हुन्छ । फेरि सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने हुन्छ । त्यस्तै शुक्रबाट सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने योग बन्दछ । उपरोक्त तीन सूत्र मध्ये जुन ग्रह बलवान...