Posts

Showing posts with the label राहु केतु

पुराणअनुसार राहु केतु,

पुराणअनुसार हिरण्यकशिपु राक्षसको सिंहिका नाम गरेकी पुत्रीको विवाह व्रि्रचित्ति नामक दानवसित भएको थियो । उक्त दानवको गर्भबाट राहुको जन्म भएको थियो । समुद्रमन्थनको समयमा जब श्रीविष्णु मोहनी रुप धारण गरेर देवताहरूलाई अमृत वितरण गरिरहेका थिए त्यसै समयमा राहुले पनि देवताको स्वरुप धारण गरेर देवताहरूको पंक्तिमा गएर बसी अमृतपान गर्‍यो । राहुले गरेको यस छलकपटलाई सूर्य तथा चन्द्रमाले देखिरहेका थिए । सूर्य तथा चन्द्रमाले विष्णुको संकेत पाएर वास्तविकता बताइ दिएपछि विष्णुले आफ्नो सुदर्शन चक्रद्वारा राहुको कन्चटमा प्रहार गरे । चक्रको प्रभावबाट राहुको शिर काटिइ अलग हुन गयो । तर अमृतपान गरेको हुनाले उ मर्न सकेन भने उसको शिर र शरीर अलग-अलग भए ।  त्यसपछि शिरको नाम राहु र शरीरको नाम केतु हुन गयो । त्यसै समयदेखि राहु र केतु सूर्य तथा चन्द्रमाका शत्रु भएर बसेर भने ग्रहण लगाउने काम उनीहरूको भयो । पुराणअनुसार राहु सूर्यदेखि १०००० योजन तल रहेको छ भने अन्य ग्रहझैं यिनीहरू आकाश मण्डलमा भ्रमण गरिरहेका छन् । ज्योतिष विज्ञानअनुसार अन्य ग्रहझैं सौर्यमण्डलमा राहु तथा केतुको कुनै ज्योतिपिण्ड नभएको बताइन्छ । यिनीह...

राहु केतुको परिचय

राहु दानव गण हो पछि राहु केतु नै ग्रह गण हुन आएका हुन् । यससम्बन्धमा श्रीमद्भागवत महापुराणमा वर्ण्र्ााछ । ज्योतिषसँग सम्बन्धित भएकाले र्सवसाधारणमा पनि जानकारी होस् भनी संक्षिप्तरूपमा यो विवरण प्रस्तुत गरेको छु । कथारम्भः- अघि सत्युगमा देवता र दानव मिली समुंद्र मन्थन गर्दा समुद्रबाट श्रीलक्ष्मी, कौस्तुम मणि, ऐरावत आदि १४ रत्नको साथै कालकूट विष र अमृत पनि निस्के र कालकुट विष चाहिँ फैलन नदिन संसारको रक्षार्थ श्रीमहादेवले पिइदिनु भयो, अमृत चाहिँ जसले पियो त्यो अमर हुने भएकाले देवता र दानवमा खोसाखोस झगडा हुन थाल्यो त्यो देखि भगवान श्री विष्णुले मोहिनी रूप लिई सोध्नु भयो, तपाईंहरू किन यसरी मारपिट झगडा गर्नु भएको भन्दा अमृत खाने हामी देवताहरूको पहिलो अधिकार हो तर यी दानवहरू दिन्न भन्छन् त्यसैले झगडा परेको हो । फेरि दानवहरू पनि त्यसै भन्छन् । यी दुबैथरिको कुरा सुनेपछि मोहिनी रूप श्री विष्णु भगवानले हाउभाउ कटाक्षबाट आकर्षा गरी भन्नुभयो । तपाईंहरू दुबैथरिको परिश्रमले उत्पति भएको अमृतमा दुबैथरिको अधिकार छ , तपाईंहरू दुबैथरि दुबैतिर लाम लागेर बस्नु होस् दुबैथरिलाई म पिलाइ दिन्छुभन्दा चुपलागि देगण...