Posts

Showing posts with the label डा. बाबुरामको कुण्डली

डा. बाबुरामको कुण्डली

Image
न्वारन गर्ने ज्योतिष पण्डित लेखनाथ घिमिरेले पराक्रमी हुनेछ भनेका व्यक्ति डा. बाबुराम भट्टर्राईको जन्म १७ जुन १९५३ को दिन बिहान गोर्खा जिल्लाको खोप्लाङ्ग गाविस वडा नं. ४ बेलबासा भन्ने ठाउँमा कर्कट लग्न एवं कुम्भ नवांशमा भएको थियो । उक्त समयमा सिंह होरा, मीन, द्रेटकाण उदाइरहेका थिए । चन्द्रमा सिंह राशिमा त र्सर्ूय भगवान् मिथुन राशिमा विराजमान हुनुहुन्थ्यो । सिंहको चन्द्रमालाई कुशल संगठनकर्ता एवं विशिष्ट राजनेता र मिथुनको र्सर्ूयलाई बुद्धिमानी एवं मेधाविको रूपमा फलित ज्योतिषले उद्घोषण गर्दछ । जसको आशर्ीवादबाट आज विकट गाउँको एउटा फिस्टे ठिटो डा. बाबुराम भट्टर्राईको नामले परिचित छन् । २०२६ सालको एसएलसी परीक्षामा पर्ूण्ा नेपाल अधिराज्यभर बोर्ड फस्ट हुन पुगेका बाबुरामलाई जगद् गुरु बृहस्पतिको पर्ूण्ा आशर्ीवाद उक्त समयमा मिलेको देखिन्छ । किनकि २०२६ सालमा शुक्रभित्र बृहस्पति अन्तरदशा चलिरहेको थियो । जन्म कुण्डलीमा बुद्धि विद्या स्थानमा पर्ूण्ा दृष्टि दिइरहेका बृहस्पतिले नै उनलाई बोर्ड फस्ट बनाएको हो । किनकि फलित जोतिषमा बृहस्पति गृहलाई विद्या, बुद्धि र ज्ञानको कारक मानिन्छ । गुरु बृहस्पतिले बोर्...