Posts

Showing posts with the label हरितालिका तीज

आज हरितालिका तीज पर्व

Image
आज भाद्र २६ २०६७, शनिबार नेपाली नारीहरुको बिशेष पर्व आर्थात हरितालिका तीज। हरित (हरण गरिएकी)+आलिका-शखीद्वारा) अर्थात् शखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्रीमहादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ । हरितालिका तीज व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुनधत्तीसहित सप...