Posts

Showing posts with the label कर्म

विवाह कहिले र कता ?

Image
ज्योतिर्विज्ञानमा जन्म, कर्म, विवाह, धन, पुत्र र मरणलाई निकै महत्व दिएर विभिन्न व्याख्या गरिएको हुन्छ । तर हामी यहाँ विवाहको बारेमा केही चर्चा गर्न गइरहेका छौँ । हरेक व्यक्ति एवं माता पितालाई आफ्नो एवं सन्तानको विवाहमा विशेष चिन्ता र रुची रहेको हुन्छ । विवाह कस्तोसँग कुन दिशामा कति वर्षा हुने हो । विवाह पछि कस्तो रहला आदि स्वभाविक जिज्ञासाहरूको समाधान गर्न गइरहेका छौँ । ज्योतिर्विज्ञानमा जन्म समयको पूवीय क्षितिजमा जुन राशि उदाउँदछ, त्यसलाई जन्मलग्न भनिन्छ र त्यसदेखि पश्चिमी क्षितिजमा उदाइरहेको लग्नलाई विवाहको लग्न मानिन्छ । अर्थात् जन्म लग्न आफ्नो र जन्म लग्नबाट सातौँ स्थानमा रहेको लग्न पति पत्नीको लग्न भनिन्छ । यसैको आधारमा पति/पत्नीको रूप, रंग, स्वभाव आदिको बारेमा ज्ञान गर्ने गरिन्छ । र्सवप्रथम विवाह कुन दिशामा हुने हो । त्यसको जानकारी हुनर्पर्दछ । यसको लागि सप्तमेश जुन राशिमा गएर बसेको छ । त्यस राशिको दिशामा विवाह हुने हुन्छ । फेरि सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने हुन्छ । त्यस्तै शुक्रबाट सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने योग बन्दछ । उपरोक्त तीन सूत्र मध्ये जुन ग्रह बलवान...

बृहस्पतिको राशि परिवर्तनले पार्ने असर:-

Image
वि. सं. २०६७ साल वैशाख  १९ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म, कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मीन राशिमा प्रवेश गरेका छन् । बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा घटनाक्रमहरू देखिन्न थालिसकेको छ । विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् । फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् बृहस्पति एक राशिमा लगभग १ वर्षसम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ । ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने हुन्छ भने प्रकाश नपरे...