Posts

Showing posts with the label सूर्य

व्रत गर्ने विधि

Image
रविवार व्रत गर्ने विधि रविवार अर्थात् आइतबार व्रत गर्नेले नून हालेको भोजन, तेल र अन्य सबै थरिका तामसी भोजन निषेध छ । रविवारको व्रतमा पारण वा फलाहार गर्ने व्यक्तिले सूर्य नारायणको उज्यालो छँदै खानेकुरा खाइसके उत्तम छ । यदि निराहार अवस्थामानै सूर्य अस्त भए भने त्यसको भोलिपल्ट सूर्यर्को दर्शन गरेर अर्घ्य दिई भोजन गर्नु । व्रतमा फलाहर होस् या पारण, भोजन एकपल्टभन्दा बढी गर्नु हुँदैन । यस व्रतको अन्त्यमा पूजन सकेर कथा सुन्नु पर्दछ । यो व्रत गर्नाले अनेक प्रकारका विघ्न र कष्ट निवारण हुन्छ । राजसभामा सम्मान मिल्दछ । सबै प्रकारका नेत्र-रोग निको हुन्छ र शत्रु-नाश हुन्छन् । सोमबार व्रत गर्ने विधि सोमबारको व्रत सामान्य दिनको तेस्रो प्रहरमा गरिन्छ । यस व्रतमा फलाहार पराणको कुनै खास नियम छैन तापनि दिन-रातमा केवल एकपल्ट मात्र भोजन गर्नु आवश्यक छ । सोमबारको व्रतमा शिव-पार्वतीको पूजन गर्नुपर्दछ । सोमबारको व्रत तीन थरिको कहिन्छ- सामान्य प्रत्येक सोमबार, सोम्य प्रदोष र सोह्र सोमबार । विधि तीनोटैको एकैनासे छ । शिव-पूजन पछि कथा सुन्नु र प्रदोष व्रत, सोह्र सोमबारका व्रत भिन्न छन् । मंगलबार व्रत गर्ने वि...
Image
भगवान सूर्य श्रृष्टीकालदेखि नै हुनु हुन्छ अद्वितीको तपस्याले पछि कश्यप अदितिको पुत्र हुनुभयो । सूर्य को ४ पत्नी उषा प्रतुषा छाया संज्ञा नामको बताएको छ । विश्वकर्माको छोरी सं ज्ञाबाट जुमलिया छोराछोरी यम र यमुना जन्मे र संज्ञा सूर्यको ताप सहन नसकी छायाँलाई मेरा छोरा छोरीको हेर विचार गर भनी बाबा विश्वकर्माको सल्लाह लिई हिमालयमा घोडीको रूपले तपस्या गर्न लागिन् र केही समयपछि सूर्य बाट छायाँका २ भाइ छोरा पैदा भए (१) मनु (२) शनिश्चर आफ्ना छोरा भएपछि विमात्री सौतेनी छोराछो रीमा छायाँ को माया टाढा भयो तव यमलाई श्रापदिईन् र यम सूर्यको शरणमा गए । सूर्यले रिसले छायाको कपाल उखेल्नु भयो, छायाले आफ्नु गल्ती स्वीकार्नु भयो । त्यसपछि सूर्य विरक्त भएर संज्ञाको खोजी गर्न विश्वकर्मा कहाँ गएर सोधपुछ ग,नर्ु  भयो । सूर्य को ताप कडा भएर संज्ञा पर भएकी अब सूर्यलाई शान्त गर्न विष्णु को चक्र, शिवको त्रिशु ल कुमारको अंकुश यमको डण्डले सूर्यलाई मलिन बनाएर सं ज्ञाका साथ घोडै रूपमा सूर्य जानुभयो र मिलन भयो । घोडाबाटै जुमलिया छोरा २ भाइ अश्विनी कुमारको जन्मभयो अर्थात् अश्व -घोडा)बाट जन्म भएकोले नाम...