Posts

Showing posts with the label वैदिक

आज नाग पन्चमी

Image
आज नाग पन्चमी, विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी नाग पन्चमी मनाउँदै छन्। श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने कार्य हुनेछ। नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ। त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ। नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ। पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ। आफ्ना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्निभय प्रकोप चट्यांग विद्युतीय विस्फोटक आदिको समस्या हुँदैन। सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ। जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन। पानीबिना कुनै जीवात्मा बाँच्तैन। घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ। किनकि नाग खुसी भए लक्ष्मी धन को वर्षा हुन्छ। सुख समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्त...

मेसोपोटामियन ज्योतिष

मेसोयोटामिया भन्नाले रिग्रिस र ट्स नदीबचिको भू-भागलाई बुझिन्छ । मेसोपोटामियन सभ्यता वैदिक तथा पौराणिक सभ्यताको समकालीन मानिन्छ । मेसोपोटामियनहरू खगोलशास्त्र र ज्योतिषशास्त्रका मर्मज्ञ थिए । उनीहरूले नै दिन रातको लम्बाई र चन्द्रसूर्यको उदयस्तको गणना गरे । हाल विश्वमा प्रचलित भएको २४ घण्टाको एक दिन हुने समयको व्यवस्था उनीहरूको देन हो । आकाशलाई १२ भागमा विभाजित गरेर प्रत्येकलाई राशिचक्रमा नामाकरण गर्ने पनि उनीहरू नै थिए । सम्पर्ूण्ा आकाशलाई ३६० ड्रि्रीको मानेर १२ भागमा विभाजित गर्ने काम पनि उनीहरूले नै गरे । हिन्दुहरूको नक्षत्र चक्र र मेसोपोटामियनहरूको राशिचक्र एक आपसमा मेल खाएको देखिन्छ । सौर वर्षो तुलनामा चन्द्रवर्ष११ दिन घटी हुने भएकाले ऋतुको ठीक स्थिति मिल्दैन जसको कारण ऋतु विशेषमा मनाउनु पर्ने चार्डपर्व त्यस ऋतु भित्र नपर्न पनि सक्छ । अरेवियन र इस्लामहरू अझैपनि मेसोपोटामियनहरूकै चन्द्र क्यालेण्डर प्रयोग गर्दै आईरहेछन् । यता हिन्दूहरू भने सौर तथा चन्द्रसौर क्यालेण्डर अपनाउँदै आइरहेछन् ।