मानिसको स्वभाव, भाग्य, पेसा, व्यवसाय, आयु
ज्योतिषशास्त्रहरूमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्यवसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ । यसमा सूर्यको स्थान र अवस्थालाई आधार मानेर फलादेश गरिन्छ । जुन यस प्रकार छन्- बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् । बिहान ८-१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् । बिहान १०-१२, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानि...