Posts

Showing posts with the label पितृदेवो भवः'युवा कवि

पितृदेवो भवः

Image
भोलि २०६७ साल भाद्र २ ३   गते बुध वार , कुशे औंसी, घरघरमा पवित्र कुश भित्र्याएर मनाइन्छ । पुरोहित ब्राहृमणहरुले कुश काटेर मन्त्र गरी जजमानका घरमा पुर्‍याउने गर्दछन् ।  कुशे औंसीमा भित्र्याईएको कुश बर्षभरी पवित्र कार्यमा प्रयोग गरिन्छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुश समस्त पापलाई विनाश गरी मानवलाई पुण्यार्जन गर्न सहयोग पुर्‍याउने पवित्र तृण विशेष नै कुश हो । कुशलाई संस्कृतमा दर्भ, पवित्र, याज्ञिक, ह्रस्वगर्भ, यज्ञभूषण, दीर्घपत्र, क्षुरपत्र, त्रिदोषघ्न र शैत्यगुण विशिष्टगुणका रूपमा लिएको पाइन्छ । कुशको उत्पत्ति विषयमा भागवतमा एक यस्तो प्रसङ्ग आउँछ- यज्ञपुरुषले आˆनो शरीर फट्कार्दा कतिपय रौँहरू बर्हिष्मती नाम गरेको पुरीमा झरेका थिए । त्यसैबाट कुश उत्पन्न भएका हुन् भन्ने मानिन्छ ।  भोलिको दिनलाई पिताको मुख हेर्ने दिनका रुपमा पनि मनाइन्छ । पिता पुत्रका लागि महान् तीर्थ हो । त्यसैले  ' पितृदेवो भवः' भनेर पितालाई देवतुल्य भनिएको छ । छोराछोरीहरुले आफ्ना पितालाई मीठोमीठो खानेकुरा खुवाउने गर्दछन् भने पिताले आशिर्वाद दिने चलन छ...