सन्तान बाधा एवं शान्ति उपाय
जन्मकुण्डलीमा पञ्चम भावलाई सन्तानभाव मानिन्छ । त्यसै भावबाट नै सन्तानको बारेमा विचार गर्ने गरिन्छ । अझ सूक्ष्मतासँग जाँदा, पञ्चम भाव, पञ्चमेशर बृहस्पतिको उचित अध्ययन गरी सन्तानको बारेमा विवेचना गर्ने गरिन्छ । यदि कुण्डलीमा पञ्चम भावको स्वामी शत्रु राशिमा नीच राशिमा या अस्त छ र लग्नबाट छैठौँ, आठौँ या बाह्रैा स्थानमा गएमा सन्तान प्राप्तिमा बाधा आँउछ । यदि कुनै कारणवश सन्तान हुन गएमा पनि सन्तान सुख भने मिल्दैन । यस्तै प्रकारले कुनै ग्रहनीच राशि शत्रुराशि या अस्त भएर पञ्चम भावमा या छैठौँ, आठौँ र बाह्रैँ भावको स्वामी पञ्चम भावमा आई बसेमा पनि सन्तानको सुख हुँदैन । अब यहाँ कुरा उठ्न सक्छ कि किन कुनै व्यक्तिको जन्मकुण्डलमिा ग्रहहरू यसरी बस्दछन् त - यसको जवाफको लागि हामीले हिन्दुहरूको पर्ूवजन्म र पर्ुनर्जन्मको सिद्धान्तलाई बु‰mने कोसिस गर्नुपर्दछ । हामी हिन्दूहरूको विभिन्न ग्रन्थहरूमा पर्ूवजन्ममा गरेका क्रियाकलाप नै अहिले व्याधि या ग्रहको रूपमा देखिने उल्लेख गरिएको छ । पाश्चात्य विद्वान्हरू पनि यस तथ्यलाई स्वीकार्दन् अझ उनीहरूले त माता-पिताले गरेका पापहरूलाई पनि ग्रह वा व्याधिका रूपमा स्वीकार...