'फलित ज्योतिष : एक ठग विद्या'
ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्? यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेकाले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तार...