Posts

Showing posts with the label मन्त्रयोग

मन्त्रयोग साधना

हिन्दु संस्कृतिको विशाल साहित्य सिन्धुको मन्थनबाट सम्दूत अध्यात्मिक साधना सुधा नै अजर अमर बनाइदिने वास्तविक सुधा हो । यो अमृत रसबाट छपक्कै भिजेको गम्भीर चिन्तनको फलस्वरूप सुधा स्रोत योग नामबाट परिलक्षित हुन्छ । योगमार्गको अनेकौँ विधामा मुख्यतया चार किसिमका योगको प्रधानता रहेको छ । -१) मन्त्रयोग -२) हठ योग, -३) लय योग -४) राजयोग । यिनमा केहीको वर्ण्र्ाायसप्रकार रहेका छन्ः- हठयोग ः हठपर्ूवक नेति द्यौति आसनादिबाट शारीरिक क्षमतामा वृद्धि हुन्छ । केही मात्रामा स्वास्थ्यमा लाभ पनि हुन्छ । तर मानसिक र अध्यात्मिक लाभ प्रायः सामान्य रहन्छ । यसको साधना गर्नलाई सम्पादन अनुभवी योगी गुरुको निर्देशनमा गर्नु परमावश्यक छ- अन्यथा योगमा सामान्य त्रुटी भएमा पनि विपरित फलको आशंङ्का भइरहन्छ । लययोग ः योग तारावलीमा लययोगको साधनाका सवालाख भेद वर्ण्र्ाागरिएको छ । त्यसमा नादानुसन्धान समाधि नै मान्यतम लय योगमा र्सवश्रेष्ठ मानिएको छ । यसको निरन्तर अजस्र रूपबाट अभ्यास गरिनर्ुपर्दछ । अलिकति समयको फरकमै यथार्थ फल प्राप्तिमा दुष्कर हुन जान्छ । अतः सांसारिक कर्ममा लागेका जनमानसमा यो योग उपयोगी ठानिदैन । मन्त्रयोग ...

तन्त्रशास्त्रका केही प्रमुख पक्षहरू

-१ ) तन्त्रशास्त्रमा मन्त्रयोग साधनाको ठूलो वर्ण्र्ााछ । त्यसको क्रम भने निम्न लिखित छ- १) भक्ति -२) शुद्धि -३) आसन -४) पञ्चाङ्गसेवन -५) आचार -६) धारणा -७) दिव्यदेशसेवन -८) प्राणायाम -९) मुद्रा -१०) तर्पण -११) हवन -१२) बलि -पायसादिको) -१३) याग -१४) जप -१५) ध्यान -१६) समाधि योग्य गुरुको निर्देशनमा यी १६ सोपान पार गरेपछि साधकले समाधियोगको ज्ञान गर्दछ । २ ) मन्त्रसाधना-नियमअनुसार योग्य गुरुबाट मन्त्रग्रहण गरेपछि गुरुकै निर्देशनमा मन्त्रसाधना गर्नुपर्दछ । नियमानुसार निर्लोभी र तन्त्रज्ञ गुरुको निर्देशनमा मन्त्रसिद्धि भएपछि साधकलाई सांसारिक सुख-समृद्धि, सिद्धि प्राप्ति र अन्त्यमा मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रमा भनिएको छ- अचिन्त्यो हि मणिमन्त्रौषधि प्रभावः । ३ ) काम्यकर्म- सांसारिक सुख भोगको र रोगनाश, विद्याप्राप्ति, शत्रुविजय आदिको चाहाना गर्ने व्यक्तिलाई तन्त्रशास्त्रमा कामनाअनुसार देवीको पूजा-पाठ र आराधानाको विधि पनि बताइएको छ । विशिष्ट ज्ञान, शास्त्रार्थमा विजय, कवित्वशक्ति, अलौकिक प्रतिभा आदिको लागि ताराको उपासना गर्नुपर्छ । धान, मकै, जौ आदि अन्न, वस्त्रको लागि अन्नपर्ूण्...