विश्व को पहिलो प्रेम पत्र
अहिले सम्म प्राप्त प्रमाण हरु को आधारमा रुक्मिणीले भगवान् श्रीकृष्ण लाई लेखेको पत्र नै विश्व को पहेलो प्रेम पत्र मानिएको छ "हे त्रिभुवन सुन्दर ! आफ्नो गुणगान सुन्नेहरूको हृदयमा कानद्वारा प्रवेश गरेर उनीहरूको प्रत्येक अङ्गकातापलाई शान्त गरिदिनुहुन्छ । मैले तपाईंको उपर्युक्त गुणहरू सुनेकी छु । संसारमा आँखा भएका प्राणी जति छन्, तिनीहरूको आँखा हुनाको सबभन्दा ठूलो फाइदा आफ्नो आँखाले समस्त स्वार्थ र परमार्थका एक मात्र आश्रय तपाईंको रूपको दर्शन गर्न पाउनु नै हो । मैले तपाईंको रूपको वर्ण्र्ाापनि सुनेकी छु । हे अच्युत ! त्यसै कारणले मेरो चित्त लोकलज्जालाई छाडेर तपाईंको चिन्तनमा तन्मय भइराखेको छु । हे मुकुन्द ! शील, कुल, स्वभाव, सौर्न्दर्य, विद्या, अवस्था, ऐर्श्वर्य तथा प्रभाव आफू समान नै हुनुहुन्छ अर्थात् तपाईं समान अरु कोही छैन । तपाईलाई देख्दा सबै प्रसन्न हुन्छन् । हे पुरुषसिंह ! तपाईं नै भन्नुहोस् न, विवाहयोग्य भएको कुन यस्ती कुलवती, गुणवती, तथा बुद्धिमती कन्या होली जो कि तपाईंलाई पतिका रूपमा वरण नगरोस् । यसैले मैले मनैमनमा तपाईलाई पतिकारूपमा वरण गरिसकेकी छु र तपाईंमा आत्मर्समर्पण गरिस...