राहु केतुको परिचय
राहु दानव गण हो पछि राहु केतु नै ग्रह गण हुन आएका हुन् । यससम्बन्धमा श्रीमद्भागवत महापुराणमा वर्ण्र्ााछ । ज्योतिषसँग सम्बन्धित भएकाले र्सवसाधारणमा पनि जानकारी होस् भनी संक्षिप्तरूपमा यो विवरण प्रस्तुत गरेको छु । कथारम्भः- अघि सत्युगमा देवता र दानव मिली समुंद्र मन्थन गर्दा समुद्रबाट श्रीलक्ष्मी, कौस्तुम मणि, ऐरावत आदि १४ रत्नको साथै कालकूट विष र अमृत पनि निस्के र कालकुट विष चाहिँ फैलन नदिन संसारको रक्षार्थ श्रीमहादेवले पिइदिनु भयो, अमृत चाहिँ जसले पियो त्यो अमर हुने भएकाले देवता र दानवमा खोसाखोस झगडा हुन थाल्यो त्यो देखि भगवान श्री विष्णुले मोहिनी रूप लिई सोध्नु भयो, तपाईंहरू किन यसरी मारपिट झगडा गर्नु भएको भन्दा अमृत खाने हामी देवताहरूको पहिलो अधिकार हो तर यी दानवहरू दिन्न भन्छन् त्यसैले झगडा परेको हो । फेरि दानवहरू पनि त्यसै भन्छन् । यी दुबैथरिको कुरा सुनेपछि मोहिनी रूप श्री विष्णु भगवानले हाउभाउ कटाक्षबाट आकर्षा गरी भन्नुभयो । तपाईंहरू दुबैथरिको परिश्रमले उत्पति भएको अमृतमा दुबैथरिको अधिकार छ , तपाईंहरू दुबैथरि दुबैतिर लाम लागेर बस्नु होस् दुबैथरिलाई म पिलाइ दिन्छुभन्दा चुपलागि देगण...