आज नाग पन्चमी

आज नाग पन्चमी, विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी नाग पन्चमी मनाउँदै छन्। श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने कार्य हुनेछ। नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ। त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ। नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ।
पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ। आफ्ना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्निभय प्रकोप चट्यांग विद्युतीय विस्फोटक आदिको समस्या हुँदैन। सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ। जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन। पानीबिना कुनै जीवात्मा बाँच्तैन। घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ। किनकि नाग खुसी भए लक्ष्मी धन को वर्षा हुन्छ। सुख समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्ने हुन्छ। कृषिप्रधान मुलुक हाम्रा गाउँबस्तीहरुमा धान रोपाइँ गर्दा पनि नागको पूजा गर्ने चलन अद्यावधि छँदै छ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ। पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ। त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।
नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाउने गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन्। नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो।
आज नाग पंचमीको अवसरमा ललितपुरको धापाखेलमा पर्ने नागदह, काडमाण्डौको तौदह र नक्सालको नाग पोखरीमा भक्तजनहरुको बिहान देखिनै भिड लागेको छ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding