आज हरितालिका तीज पर्व

आज भाद्र २६ २०६७, शनिबार नेपाली नारीहरुको बिशेष पर्व आर्थात हरितालिका तीज। हरित (हरण गरिएकी)+आलिका-शखीद्वारा) अर्थात् शखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्रीमहादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ ।
हरितालिका तीज व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
उपराष्ट्रपति परमानन्द झाले नेपाली महिला दिदीबहिनीले हर्षोल्लासका साथ मनाउने महान पर्व हरितालिका तीजको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
तीजमा महिलाहरु रातो पहिरनमा राम्रो राम्रो श्रीड्गार गर्ने, नयाँ नयाँ कपडा लगाउने, टाढा टाढा रहेका चेलीबेटी लिनजाने चलन र सबै जम्मा भई रमाईलो गरेर मनाउने चलन छ । बिषेश गरी बिबाहित महिलाहरुमा लोकपिय रहेपनि अबिवाहीत महिलाहरुले पनि मनाउने गरेको पाईन्छ ।तीन दिनको यस पर्बमा पहिलो दिन दर खाने गरीन्छ । दर खाने भन्नाले आ-अफ्नो माईतिमा जम्मा भएका चेलीबेटीले राति अवेर सम्म विभिन्न मिठा मिठा खानेकुरा खाने, नाच गान गर्ने चलन छ । अनि दोस्रो दिन उपवास बसी आफ्नो नजिकको शिवालय वा मन्दिरमा जम्मा भई पूजा-आजा गर्ने संगी साथी मिली नाच-गान गर्ने र दिन भरी नै भोकै बस्ने चलन छ । अन्तिम ऋषि पन्चमीको दिन बिहानै नजिकको खोला तलाउमा बिभिन्न जडीबुटी प्रयोग गरी बिषेश स्नान गर्ने र त्यसपछी नजीकको शिवालय वा पिपलको फेदमा जम्मा भई पुजा आजा गर्ने चलन छ ।
हिन्दु महिलाहरुको तीज पर्व एक पुर्ण वैज्ञानिक प्रकृया जस्तो देखिन्छ । जसमा नाच गान, घोच- पेच, उपवास, आफ्नो पतिको लागि निराहार व्रत देखि बिषेश स्नान र पूजा-आजा पर्ने गर्दछ । एक बर्ष सम्म आफ्नो अवचेतनमा जम्मा भएका कुन्ठा र दमित भएका बिभिन्न भावनालाई गीत, नाच-गान र ब्यङ्ग्यको माध्यमबाट प्रकट गरि थोरै भएपनि तनाव वाट मुक्त हुने उपवास गरी श्रद्धा र आस्था प्रकट गर्ने बिषेश स्नान गरी शरीर शुद्ध र पूजा गरी आत्म शान्ति गर्ने जुन तिजको प्रकृया छ त्यो एकदम वैज्ञानिक र जिवन उपयोगी जस्तो देखिन्छ । आजको अति ब्यस्त र अति तनावपूर्ण जिवन गुजारिरहेका महिलाको लागि यो अति उपयोगी र अति आवश्यक देखिन्छ ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding