नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको शुभ-कामना

तिहार हामी हिन्दू धर्माव्लम्बी हरुको दशै पछी को अर्को महान चाड हो । यो चाड, रङ र बत्तीहरुको उत्सव भन्दा फरक नपर्ला किनभने यो अवधी भर हरेक को घर बिभिन्न रङ अनि आकर्षक झिलिमिली बत्तीले सजिएको अनि रङिएको हुन्छ । के गाउ के शहर, जताततै बत्तीको उज्यालोले स्वर्गको आभास गराउदछ । बिषेश गरी यो चाडमा धनकी देवी लक्ष्मी को पूजा आजा गरी मनाइन्छ ।
तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ, यमराज लाई यो पाच दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो । कसै कसैले यो चाडलाई सुख अनि समृद्धी को रुपमा पनि मान्ने गर्छन ।

यो तिहार सम्बन्धी एउटा रोचक किम्बदन्ती यहाँ राख्दै छु, किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ?
कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन् ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने ।
जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(तेलको बत्ति) बालेर राख्न सुझाव दिइयो र त्यसै अनुसार चारैतिर दियो पनि बालियो, ता की माता लक्ष्मीले नाग सँग परामर्श गरी राजालाई अभय दान दिन बाध्य होस । त्यस्तै नै भयो पनि, जब यमराजले नागलाई खोइ त राजालाई किन यमलोक नल्याएको भन्दा समयनै नपुगी कसरी ल्याउनु? नागले भनेछन ।

यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजाको आयु त अझै ७० बर्ष बाकी देखेछन, भएको के रहेछ त भन्दा खातामा राजाको आयु शुन्य (०) बर्ष लेखिएको रहेछ र नाग बाठो भएर शुन्यको अघिल्तिर ७ थपिदिएका रहेछन जस्ले गर्दा राजा थप ७० बर्ष बाचेछन । त्यहाँ उप्रान्त यसैको खुशियालीमा आज पनी जताततै दियो बालेर लक्ष्मी माता को पूजा गर्ने चलन रहदै आएको रे । तिहार लाई कसैले कतै दीपावली पनि भन्ने गर्छन ।
भाइटीकाको शुभसाइत आगामी कात्तिक २ गते सोमबार बिहान ११ः५३ बजेको समय उत्तम रहेको छ ।
असोज ३० गते शुक्रबारका दिन -१८ घडी ५६ पलासम्म) कात्तिक कृष्णत्रयोदशी र ३१ गते शनिबारका दिन १४ घडी ५९ पलासम्म कात्तिककृष्ण चतुर्दशी रहेको र उदयकालमा गर्नुपर्ने कागपूजा र कुकुर पूजा पनि क्रमशः शुक्रबार र शनिबारका दिन बिहान गर्नुपर्नेछ ।
कात्तिक १ गते आइतबार प्रतिपदा -१०ः४५देखि प्रतिपदा लाग्ने) का दिन गाईपूजा, सोही दिन अपराहृन म्हपूजा कात्तिक २ गते बिहान -बिहान १०ः१० सम्म प्रतिपदा रहने) गोबर्धन पूजा गर्नुपर्ने छ ।
कात्तिक २ गते शानिबार रात्रि लक्ष्मीपूजा गर्नु उत्तम रहेको छ ।
मेरो तर्फ बाट नेपालीहरुको दोस्रो ठुलो चाड तिहार को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नु हुने समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख, शान्ती, समृद्धी एवम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding