शंख र चक्रको फल

हाम्रो हातको औलामा भएका शंख र चक्रको सकरात्मक र नकरात्मक फलः-
हातको विभिन्न पर्वतहरूमा र औलाहरूको टुप्पामा पाईने विभिन्न प्रकारका चिन्हहरू मध्ये शंख र चक्रको पनि महत्वपर्ूण्ा भूमिका हुन्छ । शंख र चक्र हत्केलाको विभिन्न पर्वतहरूमा र पैतला मुन, खुट्टको औलाका टुप्पाहरु पाइन्छ । यस्ता खालका शंख र चक्रको निसानी गोरील्ला र बाँदरको हात खुट्टाको औलाहरूको टुप्पामा देख्न सकिन्छ ।
जसरी हातका रेखाहरू र अन्य चिन्हहरूको माध्यमबाट व्यक्तिको भूत, वर्तमान र भविष्यको बारेमा राम्रा या नराम्रा कुराहरूको जानकारी दिन सकिन्छ । त्यसै प्रकारले शंख र चक्रको सामान्य जानकारीबाट जातकको जीवनमा भैपरि आउने वा उसको स्वाभावको विषयमा फल बताउन सकिन्छ ।
शंख, चक्र र शुक्ति, सिपीको चिन्ह हामी जन्मदा भन्दा अगाडि गर्भ मानै बनिसक्छ र नमरुन्जेल, जीवन छउन्जेल रहिरहन्छ साथै यो चिन्ह कुनै पनि हालतमा परिवर्तन हुँदैन ।
यहाँ शुक्ति वा सिपीको बारेमा कुनै वर्ण्र्ाागरिएको छैन केवल शंख र चक्रको विषयमा मात्र सामान्य जानकारी गराइएको छ ।
शंख
हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ । जस्तैः-
१)बाँया तर्फ घुमेको शंख
२)दाँया तर्फ घुमेको शंख
३) मिश्रति प्रकारको शंख बाँया तर्फ घुमेको शंख
जुन व्यक्तिको औलामा बाँया घुमेको शंख को चिन्ह छ, त्यस्ता व्यक्तिहरूदाई प्रायः विदेशयात्राको अवसर प्राप्त भई नै रहन्छ र आफ्नो मिहिनेतको बलले समाजमा प्रसिद्धि कमाउँछन् । जातकलाई आध्यात्मतर्फ बढी रुचि गराउनुका साथै धर्ममा आस्था र विश्वास रहन्छ । यस प्रकारको शंख महिलाको लागि पनि अत्यन्त शुभदायक र सौ भाग्यकारी मानिन्छ ।
दाँयातर्फ घुमेको शंख
दाँया घुमेको शंख भएका व्यक्तिलाई भाग्यशाली, धनवान, ज्ञानी, प्रतिभाशाली र धमात्मा बनाउदछ ।
मिश्रति प्रकारको शंख
दाँया र बाँया तर्फ घुमेको शंखको फल भन्दा लगभग उस्ता उस्तै मान्न सकिन्छ तर मिश्रति प्रकारको शंखको रचना दर्ुइ विभिन्न दिशातर्फ मोडिएको हुन्छ । अतः त्यस्तो फल एक स्वतन्त्र शंखको भन्दा भिन्दै प्रकारको हुन्छ ।
मिश्रति प्रकारको शंख भएका व्यक्तिहरूमा भौतिकता र लालसाको गुण उत्पन्न गराउँछ । यस कारण जातकले प्रत्येक काम पैसाको लालचामा गर्दछ । यसमा बुद्धिको तीव्रतापनि कम हुन्छ । जातकले उच्च स्तरीय गुणको अनुसरण नगरेर संकर्ीण्ातावादी विचारद्वारा ग्रसित हुन्छ ।
शंखको औला अनुसार फलः-
१)बुढी औठामा बाँया घुमेको शंख भएमाः-
जातकले आफ्नो जीवनकालमा धेरै हानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्या र कस्ट द्वारा निराश हुन्छ ।
खं)औठामा दाया घुमेको शंख छ भने ः-यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।
२क)बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमाः-जातकले आफ्ना इस्ट मित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ ।
खर्)तर्जनी औलामा दाँया घुमेको शंख छ भने ः-त्यस्त्ाा व्यत्तिले सामान्य जीवन यापन गर्ने हुन्छन् ।
३)मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः- जातकलाई धन पैसाको कुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।
४)अनामिका औलामा दाँया घुमेको शंख भएः- यस्ता व्यक्तिको संचित धन पैसाको नस्ट हुन्छ ।
५)कनिष्ट कान्छी औलाको अग्र भागमा शंख छ भने ः-जातकले आफ्नो व्यापार व्यवसायद्वारा धेरै धन पैसा कमाउछ ।
शंखको संख्या अनुसार शुभाशुभ फलः-
जुन व्यक्तिको हातको औलामा
ख)एक शंख भएः-जातक अध्ययनशील र सुखी हुन्छ ।
२)दर्ुइ शंख छ भनेः-
अशुभ, दर्रि्र
३)तीन शंख भएमा
स्त्री प्रति आकषिर्त
४)चार शंख छ भनेः-
यशस्वी, सम्मानित
५)पाँच शंख भएमाः-
जातकको समुद्रको यात्रा वा बैदेशिक यात्रा भइ नै रहन्छ ।
६)छ शंख छ भने
पराक्रमी, प्रकाण्ड विद्वान्
७)सात शंख भएमाः-सुखी वा वैभवयुक्त
८)आठ शंख छ भनेः-सुखपर्ूवक जीवन यापन गर्नेवाला
९)नौ शंख भएमाः-
भौतिक सुख सुविधाको भोग गर्ने र जातक स्त्री प्रकृतिको हुन्छ ।
१०)दश शंख जुन व्यक्ति छ ः-त्यस्ता व्यक्तिले समाजमा मान सम्मान, प्रतिष्ठा प्राप्त गर्दछ ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding