शकुनसम्बन्धी चर्चा

# तारानाथ भट्टर्राईनेपाल लगायतका विभिन्न मुलुकहरूमा प्रायः शकुन सम्बन्धी धेरै आ-आफ्नै तरिकाले व्याख्या गरेको पाइए तापनि नेपालमा प्रायजसो प्राचीनग्रन्थ र इतिहास तथा पुराणमा समेत शुकनको चर्चा सुन्न र हर्ेन पाइन्छ ।
तथापी एउटा उदाहरण दिनुपर्दा स्वस्थानी कथामा महादेबबाट श्री गणेशजीलाई कार्य कुशलताको निमित्त लोकले पहिलो त्रि्रो पूजा गरुन् यदि यसो नगरेमा कार्यमा बाधा उत्पन्न हुनेछ भनी त्रि्रो  वरदान पाएका गणेशजीलाई सल्लाह नै नगरी युद्धमा लैजान तयार पारिएको धनुको तादी युषाले काटिदिए पछि हाहाकार भएर सबैले गणेशलाई भन्न विर्सेर अपशकुन भयो भनि शुभ शकुनको खाँचो भएको महसुस गरेका थिए  ।
तर्सथ, शुकन ज्योतिष विज्ञानको एउटा ज्यादै शशक्त विधा हो जस्को अध्ययन सुनेर देखेर साथै अध्ययन गरेर यसलाई पुष्टि गर्न सकिने हुन्छ ।
शकुन सम्बन्धमा चर्चा जति गरे पनि थोरै हुन्छ । तर यसमा मुख्य विधा र किसिमको हुने प्रायः सबैतिर प्रचलित छ । जस्तै (क) अशुभसकुन (ख) शुभशकुन मैले छोटकरीमा पिशकुनहरूलाई प्रस्ट्याउने जमर्काे गरेको छु र यसको व्याख्या गर्नु अगाडि सबैखाले शकुन जस्तै मानव , पशु किरा, माकुरा इत्यादि देखि अनेकन छन् जो हिँड्दा खाँदा, बस्दा स्नानगर्दा कुनै कार्य आरम्भ साथै सुत्नेबेला र सपनामा समेत यसको प्रभाव रहने हुन्छ । वास्तमा समेत यसको ठूलो प्रभाव देखिन्छ । घर घडेरी खाँदा त्यहाँ लगायतका वृक्ष फलहरू र डेकोरेशन गर्दा समेत बडो ख्याल राख्नु पर्दछ ।
नत्र सानो कुराले ठूलो भन्दा ठूलो नोक्सानी ब्यहोर्नु पर्दछ । जस्तो कि यो यस्तो विधा हो जो दिनानुदिन नयाँ अनुभव र अनुभूति बढेपनि यो हुने छैन । किनकी यो सबै मानिसको किम्बदन्तीमा नै सिमित छ । तर्सथ अगाडिको उल्लेख गर्दछु ।
अप शकुन
१) केही मानिसको भनाई अनुसार आकाशमा बादल छैन । टंटलापुर घाम लागेको बेला, ठूला ठूला थोप्ला गरेको पानी पर्‍यो । यो के आर्श्चर्य भयो यो अशुभ शकुन हो । यद्यपि कुनै शास्त्रको विषयसम्मत होइन पुरानु अनुभवको कुरा हो ।
२) तान्दातान्दै मच्छेन्द्रनाथको रथ भूमिमा पछारियो (ढल्यो) यो देशको लागि ज्यादै अनिष्टकोरी अपशकुन हो ।
३) यदि यात्राको समयमो कोही मान्छे रित्तो होला वा खाली भाँडाहरू बोकेर आएको मान्छे देखिएमा अपशकुन ।
४) यात्राकालमा कुनै तेल बेच्ने तेली अगाडि वा दाया आएमा अपशकुन ।
५) यदि सामन्ने कुनै गधा आयो यात्राको समयमा त्यो साह्रै अशुभ हो ।
६) बाटामा गोरुवाबस्त्र लगायतको जटाधारी साधु सन्यासी देखे वा भेटेमा अशुभ हो ।
७) ९ जना स्त्री एकसाथ यात्रामा भेटिए अशुभ हुन्छ ।
८) तीनजना व्राम्हाण एकसाथ हिँड्नु वा भेट्नु अशुभ ।
९) कोही पनि लोग्नेमान्छे अथवा स्वास्नी मान्छे भिजेको लुगा लगाएर आएको भेटेमा अशुभ मानिन्छ ।
१०) यात्राको समयमा कुनै हिजडा हिजडी भेटिएमा त्यो पनि अशुभ मानिएको छ ।
शुभ शकुन
१) यात्राको आरम्भमा भरिएको दुध, या पानीको घडा भेटिएमा त्यो साह्रै शुभ शकुन मानिएको छ ।
२) दहिको घडा अथवा कतरा बोकेर आउँदै वा जाँदै गरेको पुरुष या स्त्री भेटेमा शुभ हुनेछ ।
३) पत्रवति गोरी सधवा स्त्री यात्रामा भेटिएमा कार्य सफल  
४) यात्राको समयमा गौर वा सुकर्ीर्तिवाला सदाचारी ब्राम्हाण भेटिएमा भाग्यसूचक शकुन मानिएको छ ।
५) बाच्छा सँगको गाई भेटिएमा शुभ मानिएको छ ।
६) बाटामा रोदन रहितको लाश भेटिएमा त्यो शुभ मानिन्छ ।
७) मह अथवा भालि(गुण) लिएर आउँदै गरेको भेटिएमा शुभयात्रा हो ।
८) यात्रामा हात्ति (गज) भेटिएमा सफल यात्राको सूचक हो भनेका छन् ।
९) यात्रा गर्दा बाटामा ध्वजा तोरण बाजा शुभ हो ।
१०) सप्रियो (बलेको बत्ति देखेमा) धुवारहित बल्दै गरेको अग्नि शुभ भाग्योदयको सूचक मानिएको छ ।
इत्यादि शकुन जो उल्लेख छन् यी बाहेक असंख्य शकुन मावन समाजमा आफ्नै मुखाकृतिमा अल्भिmएर रहेका जस्तै फल लगाउँदा काट्दा घरवरिपरि बगैंचा , गोठ धन्सार, पँधेरो, कुवा, तलाउ, जनावर र अन्य पशु पन्छि कीरा माकुरा चिल गिद्ध कसैलाई देख्नु भेट्नु कराएको सुन्नु वा हिंडेको भेट्नु सबै किसिमका छुट्टा छुट्टै अर्थ छन् । जो हरेक समाजको किम्बदन्ति बनेर संसारभरि विद्यमान रहेका छन् ।   अस्तु ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding