फागु पुर्णिमा अर्थात् होली पर्व

पर्सी अर्थात फाल्गुन १६ गते आईतवार फागु पुर्णिमा अर्थात् होली पर्व । हसो्रल्लासका साथ एक आपसमा रङ पानी छर्केर मनाईदैछ । भगवान विष्णुका भक्त प्रल्लादलाई बलीरहेको आगोमा फाली हत्या गर्न खोज्ने हिरण्यकश्यपुकी बहीनी होलीका आफै आगोमा डढेर मरेको खुसीयालीमा होली पर्व मनाउन शुरु गरिएको किँवदन्ती छ । सोही खुसीयालीमा आज साथी भाई एक आपसमा विभीन्न थरीका रङ छ्यापा छ्याप गरि यो पर्व मनाउने गरिन्छ ।
होली प्राचिन कालदेखि बसन्त ऋतुमा हर्षाेल्लासका साथ मनाउने एक विशिष्ट पर्व हो । बसन्त ऋतुमा रोगब्याधी मुक्त भइ जाडो गर्मी नहुने स्वस्थ भइ मन आनन्दित हुने समय हो ।
हाम्रो देश नपालमा यो पर्व भारतवाट आएको अनुमान गरिन्छ । पहिले पहिले रसरंग गर्नको लागि बसन्त महोत्सव नाम दिएर रंग लगाइ होली खेल्ने चलन छ । कथन अनुसार मल्ल राजा गुणकामदेवको पालामा धालसिक्वका तेल पेल्ने साः भएका मानन्धर खलकले चीर गाड्ने जिम्मा पाएअनुसार आज सम्म पनि हनुमानढोका दरवार अगाडी माहेनकाजि चोकमा चीर गाड्डै आएको छ । मल्लकाल र राणाकालमा परम्परागत अर्काे चीर भने हनुमानढोकाको पश्चिम मूलद्धार अगाडी गार्ने गरिन्छ । शाह राजा पृथ्वीनारायण शाहको पालामा मल्ल राजाहरुले गाडेको भन्दा फरक रामले रावण पराजित गरि बिजय प्राप्त गरेको उत्सव अनुरुप होलीका दहन पर्व र श्री कृष्णले चीर हरण गरेको सम्झनामा रंगीचंगी कपडाको टुक्रा झुण्डाइ चीर गाड्न थालेको हो ।
चिल्लाथ्व अष्टमि देखि चिल्लाथ्व पुर्णिमा सम्म मनाउने यस पर्वको सुरु चिल्लाथ्व अष्टमिदेखि विभिन्न स्थानमा चीर गाडेर चीर अष्टमि वा होली अष्टमि मनाइन्छ । चीर गाडेपछि होली सुरु हुने परम्परा छ । होलीको अन्तिम दिन चिल्लाथ्व पुर्णिमाका दिन चीर ढाली दाह गरिन्छ । जुन होली पुर्णिमाका दिन गरिन्छ । चीर काठमाडौंको हनुमानढोका दरवारको मूलद्धार अगाडी भक्तपुर र ललितपुरको कृष्ण मन्दिर अगाडी रुखको हांगामा विभिन्न प्रकारका कपडाको टुक्रा झुण्डाइ चीर गाडिन्छ भने बसन्तपुरमा बीस फिट अग्लो बाँसमा तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर िलंगो गाडेजस्तै शुभसाइटमा मानन्धरहरुले गरिन्छ ।
यसै क्रमलाई निरन्तरतामा  फागुण १० गते सोमवार हुनमानढोकाको मूलद्धार अगाडी विहान ७ बजेर ५१ मनेटको साइटमा चीर गाडी होली पर्व सुरुवात गरियो । साहि समयमा होली गीत लोकलय्मा गाएको थियो ।

Comments

Popular posts from this blog

Vedic Astrology of Prince William and Kate Wedding