हिन्दु संस्कृतिको विशाल साहित्य सिन्धुको मन्थनबाट सम्दूत अध्यात्मिक साधना सुधा नै अजर अमर बनाइदिने वास्तविक सुधा हो । यो अमृत रसबाट छपक्कै भिजेको गम्भीर चिन्तनको फलस्वरूप सुधा स्रोत योग नामबाट परिलक्षित हुन्छ । योगमार्गको अनेकौँ विधामा मुख्यतया चार किसिमका योगको प्रधानता रहेको छ । -१) मन्त्रयोग -२) हठ योग, -३) लय योग -४) राजयोग । यिनमा केहीको वर्ण्र्ाायसप्रकार रहेका छन्ः-
हठयोग ः हठपर्ूवक नेति द्यौति आसनादिबाट शारीरिक क्षमतामा वृद्धि हुन्छ । केही मात्रामा स्वास्थ्यमा लाभ पनि हुन्छ । तर मानसिक र अध्यात्मिक लाभ प्रायः सामान्य रहन्छ । यसको साधना गर्नलाई सम्पादन अनुभवी योगी गुरुको निर्देशनमा गर्नु परमावश्यक छ- अन्यथा योगमा सामान्य त्रुटी भएमा पनि विपरित फलको आशंङ्का भइरहन्छ ।
लययोग ः योग तारावलीमा लययोगको साधनाका सवालाख भेद वर्ण्र्ाागरिएको छ । त्यसमा नादानुसन्धान समाधि नै मान्यतम लय योगमा र्सवश्रेष्ठ मानिएको छ । यसको निरन्तर अजस्र रूपबाट अभ्यास गरिनर्ुपर्दछ । अलिकति समयको फरकमै यथार्थ फल प्राप्तिमा दुष्कर हुन जान्छ । अतः सांसारिक कर्ममा लागेका जनमानसमा यो योग उपयोगी ठानिदैन ।
मन्त्रयोग ः परमशिव प्रोक्त तन्त्र आगमको साधना विधिलाई मन्त्रयोग भनिन्छ । हाम्रो वौद्धिक दर्शनमा निगम -वेद) आगम -तत्व) लाई नै परम प्रमाण मानिएको छ । इश्वरको स्वासबाट आएकोले वेदा प्रमाणम् र शिव प्रोक्त हुनाले आगम प्रमाणम् यसरी भनिएको छ । आगम शब्दको अर्थ आगच्छति, बुद्धिमारोहति यसमा दभ्युदयनि श्रेय सोपायः स उपागम । जसको द्वारार् इहलौकिक र पारलौकिक कल्याणकारी उपायहरूको यथार्थ ज्ञान हुन्छ त्यसैलाई आगम शब्दबाट निरूपण गरिएको कल्याणकारी उपायहरूको यथार्थ ज्ञान हुन्छ । त्यसैलाई आगम शब्दबाट निरूपण गरिएको छ । साथै तन्त्र शब्द पनि आगमकै अर्थको वाचक हो । यो शब्दको अर्थ यसप्रकार छ ः तनोति विपुला नर्थांस्तत्व मन्त्र समाश्रतिान्, त्राणं च कुरुतेपुसान् तेन तन्त्र मिति स्मृतम् ।। मन्त्रतत्वको विशेष विवेचन एवं त्यसको तार्त्पर्यार्थ साधना प्रक्रियाको पर्ूण्ा रूपले विपुल प्रतिवादन गर्दछ त्यस्तै मानव जातिको सबै प्रकारको भयबाट परिगाण गर्दैछ त्यसैको नाम तन्त्र हुन्छ ।
राजयोग- राजयोगको सहायताले शरीर अन्तःस्करण दुवैका विकारबाट पररही आनन्दमय अवस्थामा स्थित हुन्छ । राजयोग समन्वयात्मक योग हो । प्रकृतिको विकृति माथि विजय प्राप्त गर्नका लागि यही योग विधानै सृष्टिको शुभारम्भ देखिनै परव्रम्हा श्री कृष्णले सृष्टिका प्रकाशक भगवान् श्री र्सर्ूयलाई दिनुभयो ।
तत्पश्चात् भगवान र्सर्ूयले मनुलाई दिनुभयो मनुले आफ्ना छोरा इक्ष्वाकुलाई दिनुभयो । इक्ष्वाकुले राजषिर्लाई दिए । यसैगरी योगको परम्परा क्रमशः र्सर्ूयवंशी चद्रवंशी राजाहरू हुँदै जनक आदि राजा राजषिर् नामबाट अलंकृत भए । यसै प्रकार महषिर् दत्तात्रेय, महषिर् मार्कण्डेय, महषिर् घोरण्ड आदिका पनि धेरै-धेरै योग पद्धति रहेका छन् ।
विकृतिबाट मुक्ति ः योगारुरुक्षु व्यक्ति प्रकृति -शरीर इन्द्रीय मन् चिन्त बुद्धि) रूपी घोडाको विकृति -शारीरि, ऐन्द्रिक, मानसिक, चैन्तिक तथा बौद्धिक) बाट टाढा राख्नका लागि योगासनको आश्रय लिन्छन् । भगवान श्री कृष्णले गीता -६/५) मा अर्जुनसँग स्पष्ट भन्नुभयो- कि म मानव प्रकृतिको विकृति बाट मुक्त हुने साधन भन्दछु । किनकि हरेक मनुष्यको आफूलाई विकृतिबाट अलग राख्नु परम कर्तय हो ।
जीवात्माले क्लेशमा फस्नु राम्रो हैन । उद्धेरदात्मनात्मानंमव सादभेत्, आतर्ैव हृयान्मनो बन्धुरात्मैव रिपुरात्मनः । विशेषतः मानिस पर्ूवजन्मको प्रेरणाबाट यस जन्ममा किन कर्म नगरोस्, परन्तु उसका यही जन्मका वृत्ति र कर्मबाट फेरि पर्ुनर्जन्मका लागि आर्को संचित कर्मको कुम्लो तयार हुन्छ । त्यही नै पुनः अर्को प्रारब्ध बन्न जान्छ । वर्तमानको अधिकांश कार्यकर्ताको अधिनमा रहेको हुन्छ, यसकारण यस्तो सुवर्ण्र्ााौकालाई गुमाई आत्मोद्धारका लागि प्रयास नगर्नु वस्तुत आत्मघात जस्तै हो ।
स्थूल वा जड प्रकृतिलाई अनुकूल साधना योग्य बनाउन साधकको उपर्युक्त आहार विहार हुनु सफलताको दिशामा अग्रसर हुनु नै हो । उचित आहार विहारमा नियन्त्रण नरहे योग साधनाबाट कल्याण हुन सम्भव छैन । -गीता-६/१७) योग साधना श्रेष्ठ औषधि- हाम्रो परम चेतन- सम्पर्ूण्ा द्वन्द्व -राजद्वेष शत्रुता र मित्रताबाट परम छन् । त्यो चेतनमा परम शक्तिका तरङ्गहरू तरङ्गति भइरहेछन् । जब हामी योगद्वारा अनुकूल तुल्याइएको शरीर र इन्द्रीयलाई अन्तस्करणमा र्समर्पण गरी दिन्छौँ अनिमात्र त्यो परम चेतनको केही झलक देखिन थाल्छ । जब अन्तःस्करणलाई आत्मामा समर्पित गरी दिन्छौँ तब व्यक्तिलाई शास्वत शान्तिको दर्शन हुन थाल्दछ । फेरि आत्मालाई परमात्मामा र्समर्पण गर्नाले पराशान्ति प्राप्त हुन्छ । योगका प्रमुख ३ भूमिका यिनै हुन् । शान्तिको अर्थ हो- सम्पर्ूण्ा दुःख दर्रि्रयबाट सधैँभरका लागि मुक्ति, हामी यही जीवितावस्यामा पर्ूण्ा शान्ति प्राप्त गर्दछौँ भने हामीलाई जीवनमुक्त भन्दछन् । यस कारण योगको उपादेयताको विषयमा स्कन्दपुराणमा पनि भनिएको - भवतायेन तातानाँ योगो हि परमौषधम् छन्- अर्थात संसार रूपी तापले जलेको मनुष्यलाई योग रूपी उपचार वा औषधि नै ठूलो लाभदायक सिद्ध भएको छ - अतः योगी बनौ र योग गरौँ ।
No comments:
Post a Comment