Thursday, May 20, 2010

व्रत गर्ने विधि

रविवार व्रत गर्ने विधि
रविवार अर्थात् आइतबार व्रत गर्नेले नून हालेको भोजन, तेल र अन्य सबै थरिका तामसी भोजन निषेध छ । रविवारको व्रतमा पारण वा फलाहार गर्ने व्यक्तिले सूर्य नारायणको उज्यालो छँदै खानेकुरा खाइसके उत्तम छ । यदि निराहार अवस्थामानै सूर्य अस्त भए भने त्यसको भोलिपल्ट सूर्यर्को दर्शन गरेर अर्घ्य दिई भोजन गर्नु । व्रतमा फलाहर होस् या पारण, भोजन एकपल्टभन्दा बढी गर्नु हुँदैन । यस व्रतको अन्त्यमा पूजन सकेर कथा सुन्नु पर्दछ । यो व्रत गर्नाले अनेक प्रकारका विघ्न र कष्ट निवारण हुन्छ । राजसभामा सम्मान मिल्दछ । सबै प्रकारका नेत्र-रोग निको हुन्छ र शत्रु-नाश हुन्छन् ।
सोमबार व्रत गर्ने विधि
सोमबारको व्रत सामान्य दिनको तेस्रो प्रहरमा गरिन्छ । यस व्रतमा फलाहार पराणको कुनै खास नियम छैन तापनि दिन-रातमा केवल एकपल्ट मात्र भोजन गर्नु आवश्यक छ । सोमबारको व्रतमा शिव-पार्वतीको पूजन गर्नुपर्दछ । सोमबारको व्रत तीन थरिको कहिन्छ- सामान्य प्रत्येक सोमबार, सोम्य प्रदोष र सोह्र सोमबार । विधि तीनोटैको एकैनासे छ । शिव-पूजन पछि कथा सुन्नु र प्रदोष व्रत, सोह्र सोमबारका व्रत भिन्न छन् ।
मंगलबार व्रत गर्ने विधि
मंगलबारको व्रत गर्ने व्रतीले दिन-रातमा केवल एकपल्ट (गहुँ र शक्कर --गुड) को भोजन गर्नु उत्तम मानिएको छ । बाह्र सातासम्म मंगलबारको व्रत गर्नाले मंगलका सबै दोष निवारण हुन्छन् । शरीरमा बल बढ्दछ । शरीरका समस्त विकार नष्ट भएर हराउँछन् । व्रतीले राजसभामा ठूलो समान प्राप्त गर्दछ । सबै विघ्न-वाधा हराएर जान्छन् । रातो रंगका पुष्पहरूको पूजामा प्रयोग गर्नु तथा रातो वस्त धारण गर्नु विशेष फलदाता कहिएको छ । त्यस दिन शिवका अवतार हनुमानजीको पूजा-आराधना गर्नु र कथा भन्नुपर्दछ ।
बुधबारको व्रत-विधि
बुधबारको व्रत गर्ने व्रतीले दिनमा एक पल्ट हविष्य भोजन गरेर उत्तम हुन्छ । यस दिन पंचोपचार वा षोडशोपचारले श्री शिव-पार्वतीको पूजन ब्राहृमणद्वारा वा स्वयं गरे पनि हुन्छ । व्रतको दिन विशेष रूपमा हरियो वस्तुको सेवन गरे विशेष फलदायक हुन्छ भन्ने शास्त्रीय प्रमाण पाइन्छ । यस दिन शिव-पार्वतीको पूजा सकिएपछि कथा स्वयं भन्नु नसके कसैलाई भन्न लगाएर सुने पनि हुन्छ ।
वृहस्पतिवारको व्रत गर्ने विधि
वृहस्पति अर्थात् गुरुवारको दिन वृहस्पतेश्वर शिवजीको पंचोपचार वा षोडशोपचारले पूजन गर्नुपर्दछ । दिन-रातमा एक छाक हविष्य भोजन गर्नु, पहेंलो वस्तु धारण गर्नु र पहेंलो फूलको माला चढाउनु । भोजन पनि चनाको दाल आदि गर्नाले उत्तम मानिन्छ । पहेंलो चन्दन चढाएर पूजा गर्नु । यस व्रतको पालन गर्नाले वृहस्पति प्रसन्न हुनुहुन्छ । धन र विद्याको लाभ हुन्छ । नारीहरूका लागि यो व्रत आवश्यक छ । यस व्रतमा केराको पूजा गर्ने चलन पनि पाइन्छ ।
शुक्रबारको व्रत गर्ने विधि
यस व्रतको विधि पनि सोमबारको व्रत विधि जस्तै गर्नुपर्दछ । दिन-रातमा एक छचक मात्र खीर खानु र सेता वस्तु छानेर भोजन गर्नु । पूजा गर्दा पंचोपचार वा षोडशोपचारले ब्राहृमणद्वारा वा स्वयं नै गरे पनि हुन्छ । यसैलाई सन्तोषी माताको व्रत पनि भनिन्छ । यो कथा अवश्य फलदाता हुनेछ भन्ने प्रमाण पाइन्छ ।
यो शुक्रबारको व्रतमा सन्तोषी माताको पूजा (चना, गुड -शक्कर) आदिले गर्नु पर्दछ । यस व्रतले तीन महिना भित्र नै अवश्य इच्छा पूर्ण गराउँछ । यसमा कुनै प्रकारको शंका गर्नु र्व्यर्थ छ ।
शनिबारको व्रत गर्ने विधि
शनिबारको दिन शनिश्चर भगवानको पूजा गर्नुपर्दछ । यसमा कालो तिल, कालो वस्त्र, फलाम, तोरीको तेल, माष, शनिदेवलाई बढी मनपर्दछ । यसै कारण उपरोक्त सामग्रीहरूले शनिदेवको पूजन गर्नु । पंचोपचार वा षोडशोपचारले पूजा गरिसके पछि- 'मेरो साढे साती वा अढैया निवारण गर्नुहवस्' भनी पर््रार्थना गर्नु । यसमा शनिस्तोत्रको पाठ पनि विशेष फलदायक मानिन्छ ।

Google Search