नयाँ वर्षवि. सं. २०६७
नयाँ वर्ष नयाँ संवत्, संवत्सरहरू युगयुगान्तरसम्म घुमिरहेका हुन्छन् । जसरी कुमालेको चक्र घुम्दछ, त्यसैगरी, जीवनचक्र, समयचक्र घुमिरहन्छ । यसरी घुम्ने समयचक्रलाई घडी, पला आधुनिक भाषामा भन्दाखेरी सेकेन्ड, मिनेट र घण्टाको गणनादेखि लिएर दिन, महिना, अयन र वर्ष युगसम्ममा गणना गरिन्छ । हामी नयाँ वर्षवि. सं. २०६७ सालमा प्रवेश गरी नयाँ वर्षमनाउँदैछौँ । संवत् नयाँ वर्षो संस्कारमा पर्ने संस्कृति हो । यस्तो संस्कृतिलाई सभ्यताको वर्षगणनाको रूपमा पनि लिइन्छ । किनकि वर्षो गणना भएन भने सभ्यताको र इतिहासको जन्म पाउन सकिँदैन । त्यस कारण पनि इतिहास मानव समाज, मानव संस्कृति र मानव संस्कारको मात्र नभई भौतिक आधारको वर्षगणना पनि हो । प्राचीनता र आधुनिकताबीचको तुलनात्मक दृष्टिकोणमा सिंवाहलोकन गर्न समयको मापदण्डलाई पनि वर्षगणनाको रूपमा लिन सकिन्छ । धर्ममा इतिहास पुराण हो । इतिहासलाई पुराण स्मृति वा श्रुति मानिन्छ, इतिहास होस् या पुराण समयको गणनामा संवत्को भूमिका अकाट्य प्रमाणको रूपमा रहन्छ, चाहे त्यो संवत् इशापर्ूवको नै किन नहोस् । नेपालको इतिहासमा काल गणना र्सवप्रथम लिच्छविकालीन अभिलेखबाट प्रारम्भ भएको देखिन्छ ...