उल्का वर्षा हेर्न चाहनेहरुका लागि सुनौलो मौका
आज बेलुका नेपाली आकासमा उल्का वर्षा हुने भएको छ । सामन्यतया महिनामा एकपटक मात्र उल्का वर्षा हुने गरेको विज्ञहरुले बताएका छन् । आज नेपाली आकासमा हुने उल्का वर्षा प्रष्ट रुपमा देख्न सकिने छ । बेलुका ५ बजेबाट सुरु हुने वर्षा सूर्यको उज्यालो बाँकी रहने कारणले सूर्यास्तपछि मात्र प्रष्ट देखिने भएको हो । उल्का वर्षा अवलोकनका लागि बेलुकी ८ बजेको समय उत्तम रहेको छ। काठमाडौंको प्रकाश प्रदूषणका कारण उपत्यका र अन्य सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट अझ प्रष्ट रुपमा उल्का वर्षा हेर्न सकिने छ । उल्का बर्षाको स्रोत जेमिनी तारामण्डल मिथुन राशी जस्तो देखिने भएकाले यसलाई जेमिनिड मिटियर सवार नाम दिइएको छ । ज्योतिर्विज्ञान अनुसार उल्का वर्षा उत्तरभद्रपदा नक्षत्र मा भयको हुनाले राजालाई ( सरकार) पिडा दिने छ । त्यसकारण वर्तमान सरकार परिवर्तन हुने लक्षण देखिन्छ । त्यसकारण वर्तमान सरकार एक महिना भित्रमा परिवर्तन हुने लक्षण देखिन्छ । विज्ञहरुका अनुसार भौगोलिक विविधताका कारण नेपालको पूर्वी क्षेत्रमा बेलुका ८ बजे राम्रोसँग देख्न सकिने उल्का वर्षा सुदूरपश्चिम क्षेत्रमा भने साढे ८ मा मात्र प्रष्ट...