Saturday, May 1, 2010

बेबकुफ बकबास गर्छस्

उक्त वाक्य मित्रराष्ट्र भारतका भूतपर्ूवप्रधानमन्त्री जवाहरलाल नेहरूले एक ज्योतिर्विज्ञानीप्रति गरेका हुन् । जुन आफैँमा अपमानजनक छ । तैपनि ज्योतिर्विज्ञानको महानताबाट नेहरू कसरी नतमस्तक भए भन्ने कुरा हामीले 'माया' मासिक पत्रिकाको डिसेम्बर १९७७ अंकबाट लिएका छौँ । उक्त पत्रिकाको पृष्ठ संख्या १०५ मा 'नेहरू र ज्योतिष' नाममा छापिएको सत्य घटनालाई यहाँ प्रस्तुत गर्दछौँ ।
संसद्को कारोबार स्थगित भएपछि सबै सांसद सदस्य आ-आफ्नो क्वाटरमा गए । त्यसै समयमा मौलाना अब्दुल कलाम आजाद बिरामी परेका थिए । बाथरुममा चिप्लेर लडेका थिए । डा. विद्यानचन्द्र राय उपचारमा संलग्न थिए र डाक्टरले उनलाई खतराबाट मुक्त छन् भन्ने बताएका थिए । श्री सत्यनारायण सिन्हा त्यसताका संसदीय मामिलाका मन्त्री थिए र जोपछि गएर सूचना प्रसार मन्त्री बने । उनले नेहरूजीको नजिक आएर सोधे- "मौलाना त ठीक छन् होइन - कुनै खतरा त छैन नि -" सत्यनारायण सिन्हाले विस्तारै भने एक ज्योतिषीले भविष्यवाणी गरेका छन् कि.... भन्दाभन्दै रोकिए । "के भने -" नेहरूजीले सोधे । "३-४ दिनमा त सिद्धिन्छन् रे" के भन्छौँ नेहरू झस्किए । डा. विद्यानचन्द्र रायजस्ता कुशल डाक्टरले उनलाई खतराबाट एकदमै बाहिर बताएका छन् ।" सत्यनारायण सिन्हा चुपचाप रहिरहे । नभन्दै चौथो दिन शिक्षामन्त्री मौलाना आजादको देहान्त हुन पुग्यो । त्यसपछि सत्यनारायण सिन्हालाई देख्नेवित्तिकै नेहरूजी काम्न थाले । उनको ज्योतिषसम्बन्धी नास्तिकता डगमगाउन थाल्यो ।
सन् १९७२ मार्च महिनामा नेहरूजी पुनाबाट दिल्ली फर्किएर आएका मात्र के थिए, उनलाई निकै ज्वरो आयो । डाक्टरहरूले यसलाई सिर्फथकाई भने तर बिरामी यस्तो बन्न पुग्यो कि नेहरू लगभग एक महिना जति थला नै परे । त्यसैबेला सत्यनारायण सिन्हाले भने, "पण्डितजी तपाईं आफ्नो चिना कुनै जयोतिषीलाई देखाउनुहोस्, ग्रहदशा के-कस्तो छन् - केही थाहा पाइएला ।" "बकबास" पण्डितजी कड्किए । गुलजारीलाल नन्दा पनि सँगै बसेका थिए । भने 'देखाउनुहोस् न देखाउँदैमा के नोक्सान छ र -' मौलाना अजादको कुरा स्मरण गर्दै नेहरूजी बोले 'ठीकै छ, बोलाउ, कस्ता ज्योतिषी रहेछन् ।" सत्यनारायण सिन्हाले बन्दोबस्त मिलाइदिए । ज्योतिषीले चिना हेरे र भने "तपाईंको कुनै घनिष्ठमित्रले यो वर्षतपाईंसँग विश्वासघात गर्नेछ र यसै वर्षचीनले भारतमाथि आक्रमण गर्नेछ ।" ज्योतिषीले यति मात्र के भनेका थिए, नेहरूजी एकदमैसँग बर्बराउन थाले 'बेबकुफ बकबास गर्छस्' यदि सत्यनारायण सिन्हाले उनको हात नसमाइदिएको भए सँगै रहेको कलमदानी ज्योतिषीको मुखमा फ्याक्ने थिए ।न ेहरूजी चिच्याउन थाले 'यिनै बेबकुफहरूले भविष्यावणी गर्दागर्दै देशको इज्जत नै खराब पारिदिएका छन् “Singha Get out ... I say Get out ... what nonsense” त्यस समयमा भारत-चीन मैत्री सम्बन्ध चरम् सीमामा थियो । सारा देशमा हिन्दी-चिनी भाइभाइको नारा गुञ्जिरहन्थ्यो । तर, केही हप्तापछि चीनले भारतमाथि अन्धाधुन्द हमला गर्न थाल्यो । नेहरूजी हड्बडाएर सत्यनारायण सिन्हालाई भने- "ती ज्योतिषीलाई बोलाउ ।" "तपाईं उसलाई मार्नु त हुँदैन नि..." नेहरूजी लजाए ।
त्यस दिनको अपमानको बाबजुद पनि ज्योतिषीजी आए । नेहरूजीले ज्योतिषीको हरेक कुरालाई ध्यानपर्ूवक सुने । ज्योतिषीले नेहरूजीको जीवन अल्पायु बताए र भने "केवल पूजापाठबाट मात्रै केही फाइदा हुनेछ ।" यी ज्योतिषीको सल्लाहअनुसार कालकाजी मन्दिरमा ५० ब्राहृमणले नेहरूजीको लामो आयुको लागि पूजा गर्ने गर्दथे । प्रतिदिन पूजापछि तिलक लगाइन्थ्यो तर यो कार्य अत्यन्त गुप्तरूपले गरिएको थियो । यी ज्योतिषीसँग नेहरूजीले इन्दिरा गान्धीको बारेमा पनि सोधेका थिए । ज्योतिषीले भने- "इन्दिराजी सर्वोच्च सत्तामा पुग्नेछिन् । तर अरूको भरोसाले उनलाई पतिन गर्नेछ । ६० वर्षो उमेरमा संकटको सामना गर्नुपर्ने हुन्छ । देहावसान निकै विषम परिस्थितिमा हुनेछ र इतिहासमा सधैँ स्मरण गरिनेछ । उनको जिद्धिपना शनिको रूपमा सधैँ अनिष्ठ गर्नेछ ।" ज्योतिषीजीले मनकै कुरा भनिदिएका थिए कि इन्दिराजी सर्वोच्च सत्तामा पुग्नेछिन् । सायद यसैले गर्दा होला नेहरूजी इन्दिराको लागि प्रयत्नशील बनिरहे ।

शिव शक्तिको मिलन


यौन जीवनमा चरम सुख प्राप्त गर्ने महान् रहस्यमाथि महषिर् वात्स्यायान, मेरी स्टोप्स, मनोचिकित्सक एडलर, युंग आदि रति विशेषज्ञ वैज्ञानिकहरूले आफ्नो अनवरत अध्ययन, सूक्ष्मातिसूक्ष्म शारीरिक एवं मानसिक जाँच, प्रत्यक्ष परीक्षण एवं अनुसन्धान गर्नलाई कुनै कसुर छाडेका छैनन् । यी मनोवैज्ञानिक (Psychological) िर वैज्ञानिक (Scientistic) अनुसन्धानपछि जुन बहुमूल्य तथ्यपर्ूण्ा अनुभव र गुप्त रहस्य उपलब्ध भएका छन्, त्यसलाई त आधुनिक वैज्ञानिकहरूदेखि लिएर सम्पर्ूण्ा विश्व जगत्ले स्वीकारेको छ । जसअनुसार रतिक्रिया अर्थात् सम्भोग कार्य प्रेम, सहानुभूति एवं एकअर्काको सुख, सुविधा र स्वास्थ्यलाई ध्यान दिएर प्रफुल्लित मन बनाई एकअर्कामा समर्पित भाव राखी गुप्त इन्द्रियको र समय संगम हो । जसको स्मरण मात्रले पनि दुवैको मन आनन्दले भरिन जान्छ । रतिविशेषज्ञहरूको भनाइअनुसार यस्तो सुमधुर अवसरमा दम्पतीको शरीरबाट अद्भूत क्रोमोजक विविध हार्मोन्स बग्नाले उपयुक्त प्रकारको अनौठो मनोवैज्ञानिक एवं शारीरिक उद्वेग परिलक्षित हुन पुग्छ । साथै मस्तिष्कसहित समस्त तत्वहरू उद्वेलित भएर परमसुख प्रापित हेतु सम्भोगमा रत रहन्छन् । यसरी सम्भोगमा रत रहँदा जुन चरम् सुख प्राप्त हुन्छ, त्यस्तो अवस्थालाई आर्गेज्म' भनिन्छ । आर्गेज्म शब्दको उत्पत्ति ग्रीक भाषाको 'आर्ँगाओज' बाट भएको हो । जसको अर्थ हुन्छ, कामुकताबाट फुलिनु । आर्गेज्मलाई विज्ञानको परिभाषाअनुसार परिभाषित गर्दा शारीरिक उत्तेजनाद्वारा यौनेच्छाको चरम् तर एक विस्फोटक, मस्तिष्कमा गढेको एवं स्नायुतन्त्र र मांशपेसी सम्मेलित प्रतिक्रियाको रूपमा बुझनर्ुपर्दछ ।
आर्गेज्म बिलकुलै हाच्छ्यु आउनेजस्तै हो । जसलाई बारम्बार ल्याइन सकिँदैन । तर, जसलाई आउँछ, पर्ूण्ारूपले सन्तुष्ट हुन जान्छ । ज्योतिर्विज्ञानअनुसार तपाईंको यौन जीवन के 'आर्गेज्म' मा पुग्छ त भन्ने बारेमा जानकारी दिन सक्दछ । ज्योतिर्विज्ञानअनुसार प्रत्येक व्यक्ति कुनै न कुनै नक्षत्रमा जन्मिएका हुन्छन् । त्यो नक्षत्रलाई पुलिङ र स्त्री लिङ्गमा विभाजन गरिएको हुन्छ । यदि तपाईं र तपाईंको यौन साथी दुवैजना पुलिङ्गी नक्षत्रमा जन्मिनुभएको रहेछ भने तपाईंको यौन जीवन शारीरिक र्घष्ाण मात्र हुनेछ । त्यसमा कुनै चरम् आनन्दको आभासा पाइँदैन । त्यसैगरी, तपाईं र तपाईंको यौन साथी दुवैको जन्म नक्षत्र स्त्री लिङ्गी नक्षत्रमा परेको छ । संयमित र सुखी यौन जीवनको परिचायक त बन्दछ । तर, आर्गेज्म प्राप्त भने हुँदैन । तर, पुरुष पुलिङ्गी नक्षत्रमा र स्त्री स्त्रीलिङ्गी नक्षत्रमा जन्म भएका छन् भने उनीहरूको यौन जीवन आर्गेज्म प्राप्त गराउने हुन्छ । यस्तो मिलनलाई शिव र शक्तिको मिलन भनिन्छ । जुन निरन्तर रहिन्छ । यस्तो सफलता नै सिद्धि भनिन्छ र तब मात्र शिवमा शक्तिको र शक्तिमा शिवको दर्शन हुन आउँदछ, जसबाट मुक्ति पाइन्छ ।
स्त्रीलिङ्गी नक्षत्र :- शतभिषा रेवती, कृतिका मृगशिरा,  उत्तराभाद्रपदा, हस्ता, चित्रा, अनुराधा, श्रवण, धनिष्ठा, पर्ूवाफाल्गुणी
पुलिङ्ग नक्षत्र :- अविश्नी भरणी, तिष्य, रोहिणी मूल, अश्लेषा, मघा, उत्तराफाल्गुणी, स्वाती, विशाखा, ज्येष्ठा, पर्ूवाषाढा, पर्ूवाभाद्रपदा, उत्तराषाढा

Friday, April 30, 2010

नयाँ वर्षवि. सं. २०६७

नयाँ वर्ष नयाँ संवत्, संवत्सरहरू युगयुगान्तरसम्म घुमिरहेका हुन्छन् । जसरी कुमालेको चक्र घुम्दछ, त्यसैगरी, जीवनचक्र, समयचक्र घुमिरहन्छ । यसरी घुम्ने समयचक्रलाई घडी, पला आधुनिक भाषामा भन्दाखेरी सेकेन्ड, मिनेट र घण्टाको गणनादेखि लिएर दिन, महिना, अयन र वर्ष युगसम्ममा गणना गरिन्छ । हामी नयाँ वर्षवि. सं. २०६७ सालमा प्रवेश गरी नयाँ वर्षमनाउँदैछौँ । संवत् नयाँ वर्षो संस्कारमा पर्ने संस्कृति हो । यस्तो संस्कृतिलाई सभ्यताको वर्षगणनाको रूपमा पनि लिइन्छ । किनकि वर्षो गणना भएन भने सभ्यताको र इतिहासको जन्म पाउन सकिँदैन । त्यस कारण पनि इतिहास मानव समाज, मानव संस्कृति र मानव संस्कारको मात्र नभई भौतिक आधारको वर्षगणना पनि हो । प्राचीनता र आधुनिकताबीचको तुलनात्मक दृष्टिकोणमा सिंवाहलोकन गर्न समयको मापदण्डलाई पनि वर्षगणनाको रूपमा लिन सकिन्छ । धर्ममा इतिहास पुराण हो । इतिहासलाई पुराण स्मृति वा श्रुति मानिन्छ, इतिहास होस् या पुराण समयको गणनामा संवत्को भूमिका अकाट्य प्रमाणको रूपमा रहन्छ, चाहे त्यो संवत् इशापर्ूवको नै किन नहोस् । नेपालको इतिहासमा काल गणना र्सवप्रथम लिच्छविकालीन अभिलेखबाट प्रारम्भ भएको देखिन्छ । त्यो युगभन्दा पुरानो युग पुर्वलिच्छविकालीन युग मानिन्छ । भारतको आर्य सभ्यतालाई पनि पुर्व आर्य सभ्यता र उत्तर आर्य सभ्यता भनी नामाकरण गरेको प्रमाण छ । इशापुर्व वा कलिगत संवत् आजको इतिहासमा समयको काल गणना गर्ने माध्यम पनि संवत्को थालनी पाउनु अगाडिदेखि नै विद्यमान थियो भने बुझिन्छ । नेपालको वंशाबलीमा प्रचलित संवत्को प्रयोग कलिगत संवत् हो । यो कलिगत संवत्को नववर्षचैत शुक्ल प्रतिपदाबाट प्रारम्भ हुन्छ । भारतमा शकको शक्ति विस्तार भएपछि यो कलिगत संवत्को नामलाई परिवर्तन गरी शक संवत्को नामाकरण गरिएको प्रमाण भेटिन्छ । भारतको आधुनिक ज्योतिर्विद्को मतमा कलिगत संवत् श्रीकृष्णको देहवसानबाट प्राुम्भ भएको हो भन्ने पाइन्छ । वंशावलीको प्रमाणअनुसार द्वापर युगको अन्त्यपछि कलिगत संवत् आएको देखिन्छ । कलियुग प्राचीन मतमा ४,३२,००० वर्षम्म रहन्छ । अहिले यो विक्रम संवत् २०६७ सालको कलियुग संवत् ५१११ हो ।
वर्तमान नेपालको सरकारी कामकाजमा प्रयोग हुने संवत्चाहिँ विक्रम संवत् हो । विक्रम संवत् भनेको सुर्यको मेष राशि प्रवेशको आधारमा लिइएको हो । विक्रम संवत्को थालनी र्सर्ूयको मेष राशि प्रवेशसँगै हुन्छ । त्यसैले यो सुर्य सिद्धान्तको काल गणना पद्धति हो । नेपालको आफ्नो मौलिक परमपरागत पञ्चाङ्ग गणनामा सुर्य सिद्धान्तले प्राथमिकता पाएको देखिन्छ । कलिगत संवत्को आरम्भ चैत शुक्ल प्रतिपदाबाट राजा र वैशाख संक्रान्ति अर्थात् सुर्यको मेष राशि प्रवेशको समयको बारलाई मन्त्री मानी वर्षरिको भविष्यवाणी गर्ने प्रचलन पुर्वैय ज्योतिषमा पाइन्छ । नयाँ वर्ष२०६७ साल कलिगत संवत् ५१११, ६० प्रकारको संवत्सरमध्ये ३७ औँ संवत्सर शोभन नामको संवत् परेको छ । संहिता ज्योतिषअनुसार यो वर्षपानी राम्ररी पर्नेछ अन्न उब्जनी राम्ररी हुनेछ र कृषि उत्पादनमा वृद्धि हुन जानेछ । तर, नारद संहिताअनुसार यो वर्षजनतामा नयाँ रोग देखा पर्नेछ । आपसमा क्रोध र लोभले गर्दा हत्या, हिंसाजस्ता अपराधहरू बढ्नेछन् । आत्महत्याको घटना औँसी र पूणिर्माको आसपास बढी घट्ने छन् । यस वर्षवर्षो शासक ग्रह (राजा) मंगल र सहयोगी (मन्त्री) बुध ग्रह पर्ूर्वीय महादेशको लागि रहेका छन् भने अमेरिकी महादेशको लागि शासक (राजा) चन्द्रमा र सहयोगी (मन्त्री) मङ्गल हुन आएका छन् । एसियाली मुलुकका शासक ग्रह परस्पर विरोधी वर्गमा परेका हुनाले यो साल एसियाले दुःख उठाउनुपर्नेछ । प्राकृतिक आपतविपतदेखि राजनीतिक परिवर्तनहरू बढी देखिनेछ । अमेरिकी महादेशको लागि भने शासक ग्रह परस्पर मित्रवर्गमा पर्ने गएका छन् । जसको आशर्ीवाद् स्वरूप अमेरिका संसारमा आफ्नो प्रभुत्व जमाउन अझ सफल हुनेछ ।

२०६७ संवाहक परिवर्तनको

मेदिनी ज्योतिषमा अनुसन्धान  गर्ने व्यक्तिहरुको लागि २०६७ साल अविश्मरणीय रहने छ ।  वर्षो सुरुवातमा नै औंशी पर्नु जेठमा विश्वघस्र पक्ष हुनु र वृहस्पति शनी परस्पर विपरित रहनु आँफैमा विचरणीय  अवस्था हो ।
विशेष गरेर विश्वघस्र पक्ष अर्थात् तेह्र तिथिको एक पक्ष हुनु संहिता ज्योतिषमा विशेष अनिष्ट फलदायक बतायउको छ । संहिता ज्योतिष अनुसार विश्वघस्र पक्ष परेको वर्षा ठूल्ठूला युद्धहरु हुनेछन् । जनतामा त्रासको वातावरण बनिरहनछ । प्राकृतिक आपद विपदले पृथ्वी चलायमान भइरहनेछ । पापीको नाश हुनेछ र धर्मको उदय हुनेछ । पुराणहरुको अनुसार महाभारको युद्ध हुँदा विश्वघस्र पक्ष परेको थियो । त्यस्तै योग २०६७ सालमा पनि परेको छ ।  २०६७ साल नेपालको लागि विशेष महत्व राख्दछ । महान जनआन्दोलन पश्चात संविधनसभाको चुनाव र समयमा नै संविधान लेख्नुपर्ने दायित्व पनि छ । तर ग्रह प्रतिकूल हुँदा  देशमा के-के हुने हो - भन्ने विशेष चर्चा ज्योतिषीहरुबीच प्रायः चल्ने गरेको पाइन्छ । साथसाथै अधिकांश ज्योतिषीहरु विभिन्न भयावह भविष्यवाणी गर्न पनि पछि परेका छैनन् । विश्वयुद्ध हुन्छ प्राकृतिक प्रकोप, भूकम्पले तहसनहस पार्छ भन्ने लगायत भविष्यवाणीहरु आउन थालेको पाइन्छ ।
जहासम्म युद्ध हुनु र ठूल्ठूला प्राकृतिक प्रकोप आउनुमा हामीले विशव जगतमा घटेका घटनाक्रमको आधारमा निम्न ग्रह योग कारक भएको पाइएको छ ।
१. शनि, राहु या केतु र मंगलको युक्ति हुनु या परस्पर केन्द्रमा हुनु र विशेष गरेर द्विश्वभाव राशीमा रहनु
२. वृहस्पति शुक्रको युक्तिमा रक्तपात  मच्चिएको
३. शनि एवं वृहस्पतिको सम्बन्ध
२०६७ सालमा वैशाख १३ गतेदेखि वृहस्पति र शनीको दृष्टि सम्बन्ध पूरा वर्षरि नै भइरहने छ । यस्तो सम्बन्ध परिवर्तनको संवाहक भएको पाइन्छ ।
२००७ सालमा जब नेपालमा राणाशासनको अन्त्य हुन गई प्रजातन्त्रको स्थापना भएको थियो । त्यससमयमा शनि र वृहस्पति परम्परा २०६७  सालकै अवस्थामा थिए । अर्थात् वृहस्पति मीन राशीमा र शनि कन्या राशीमा त्यसैगरी पाकिस्तानबाट वंगलादेश छुट्टीदा पनि वृहस्पति र शनि परस्पर दृष्टि सम्बन्धमा थिए । वृहस्पति तुलामा र शनि मेष राशीमा जब कि दुनियाँका दुई ठूला शक्ति सम्पन्न देश अमेरिका र रसियाको  शक्ति सन्तुलन विग्रिन पुगेको थियो । अर्थात् रसिया छिन्न भिन्न भएको थियो । त्यस समय पनि वृहस्पति र शनि परस्पर दृष्टि सम्बन्धमा थिए । वृहस्पति मिथुनमा र शनि धनुमा ।
यसरी वृहस्पति र शनीको योगले विश्वराजनीतिमा विभिन्न परिवर्तनहरु ल्याएको देखिन्छ । २०६७ सालमा पनि विश्व राजनीतिमा विभिन्न  राजनीतिक परिवर्तन  देख्न पाइनेछ । महान शक्तिशाली राष्ट्र अमेरिकाको शक्ति सन्तुलन विग्रन जानेछ र एसियाली राष्ट्र शक्तिमा आउनेछन् । चीनले आफ्नो प्रभुत्व बढाउन थाल्नेछ । फलस्वरुप भारत पनि चनाखो भएर आफ्नो शक्ति विस्तारमा लाग्नेछ । यो साल भारत र चीनबीच केही मनमुटाव बढ्ने पनि ग्रहफलबाट देखिन्छ । नेपालको लागि २०६७ साल विशेष परिवर्तनको संवाहक रहने छ । राजनीतिक दलहरुको हल्लाखल्लाले मात्र नयाँ संविधान लेखिने देखिँदैन र देशले राजनीति संकटको सामना गर्नुपर्ने छ ।

Thursday, April 29, 2010

Astrology can't be banned

Mumbai city-based NGO, Janhit Manch, had started a debate on  the issue " Is astrology a science or an art of making money " in the Bombay high court on March 2010.
A public interest litigation (PIL) filed by the manch and its convener Bhagwanji Raiyani, along with his associate Dattaram Kumkar, has questioned the validity of predictions by well-known astrologers, including Bejan Daruwalla, and unknown babas like Brahmarshi Shri Kumar Swami.
The PIL urged the authorities to ban articles, advertisements, episodes and practices promoting astrology and its related subjects like vastu, reiki, feng shui, tarot, palmistry, zodiac signs and rashifal.
Now on 28 April 2010, Astrology is a “4,000-year old time-tested science” and banning it is unjustifiable, Central government said in its affidavit that was filed in the Bombay High Court.
Advait Sethna, advocate for the central government, argued the Supreme Court had accepted astrology was a science and many universities included it as a subject.
Petitioner Bhagwanji Rayani has made several well-known practitioners of astrology and vastu-shastra a party to the petition. It includes famous astrologer Bejan Daruwala too.

Google Search