बेबकुफ बकबास गर्छस्
उक्त वाक्य मित्रराष्ट्र भारतका भूतपर्ूवप्रधानमन्त्री जवाहरलाल नेहरूले एक ज्योतिर्विज्ञानीप्रति गरेका हुन् । जुन आफैँमा अपमानजनक छ । तैपनि ज्योतिर्विज्ञानको महानताबाट नेहरू कसरी नतमस्तक भए भन्ने कुरा हामीले 'माया' मासिक पत्रिकाको डिसेम्बर १९७७ अंकबाट लिएका छौँ । उक्त पत्रिकाको पृष्ठ संख्या १०५ मा 'नेहरू र ज्योतिष' नाममा छापिएको सत्य घटनालाई यहाँ प्रस्तुत गर्दछौँ । संसद्को कारोबार स्थगित भएपछि सबै सांसद सदस्य आ-आफ्नो क्वाटरमा गए । त्यसै समयमा मौलाना अब्दुल कलाम आजाद बिरामी परेका थिए । बाथरुममा चिप्लेर लडेका थिए । डा. विद्यानचन्द्र राय उपचारमा संलग्न थिए र डाक्टरले उनलाई खतराबाट मुक्त छन् भन्ने बताएका थिए । श्री सत्यनारायण सिन्हा त्यसताका संसदीय मामिलाका मन्त्री थिए र जोपछि गएर सूचना प्रसार मन्त्री बने । उनले नेहरूजीको नजिक आएर सोधे- "मौलाना त ठीक छन् होइन - कुनै खतरा त छैन नि -" सत्यनारायण सिन्हाले विस्तारै भने एक ज्योतिषीले भविष्यवाणी गरेका छन् कि.... भन्दाभन्दै रोकिए । "के भने -" नेहरूजीले सोधे । "३-४ दिनमा त सिद्धिन्छन् रे" के भन्छौँ नेहर...