Friday, April 30, 2010

२०६७ संवाहक परिवर्तनको

मेदिनी ज्योतिषमा अनुसन्धान  गर्ने व्यक्तिहरुको लागि २०६७ साल अविश्मरणीय रहने छ ।  वर्षो सुरुवातमा नै औंशी पर्नु जेठमा विश्वघस्र पक्ष हुनु र वृहस्पति शनी परस्पर विपरित रहनु आँफैमा विचरणीय  अवस्था हो ।
विशेष गरेर विश्वघस्र पक्ष अर्थात् तेह्र तिथिको एक पक्ष हुनु संहिता ज्योतिषमा विशेष अनिष्ट फलदायक बतायउको छ । संहिता ज्योतिष अनुसार विश्वघस्र पक्ष परेको वर्षा ठूल्ठूला युद्धहरु हुनेछन् । जनतामा त्रासको वातावरण बनिरहनछ । प्राकृतिक आपद विपदले पृथ्वी चलायमान भइरहनेछ । पापीको नाश हुनेछ र धर्मको उदय हुनेछ । पुराणहरुको अनुसार महाभारको युद्ध हुँदा विश्वघस्र पक्ष परेको थियो । त्यस्तै योग २०६७ सालमा पनि परेको छ ।  २०६७ साल नेपालको लागि विशेष महत्व राख्दछ । महान जनआन्दोलन पश्चात संविधनसभाको चुनाव र समयमा नै संविधान लेख्नुपर्ने दायित्व पनि छ । तर ग्रह प्रतिकूल हुँदा  देशमा के-के हुने हो - भन्ने विशेष चर्चा ज्योतिषीहरुबीच प्रायः चल्ने गरेको पाइन्छ । साथसाथै अधिकांश ज्योतिषीहरु विभिन्न भयावह भविष्यवाणी गर्न पनि पछि परेका छैनन् । विश्वयुद्ध हुन्छ प्राकृतिक प्रकोप, भूकम्पले तहसनहस पार्छ भन्ने लगायत भविष्यवाणीहरु आउन थालेको पाइन्छ ।
जहासम्म युद्ध हुनु र ठूल्ठूला प्राकृतिक प्रकोप आउनुमा हामीले विशव जगतमा घटेका घटनाक्रमको आधारमा निम्न ग्रह योग कारक भएको पाइएको छ ।
१. शनि, राहु या केतु र मंगलको युक्ति हुनु या परस्पर केन्द्रमा हुनु र विशेष गरेर द्विश्वभाव राशीमा रहनु
२. वृहस्पति शुक्रको युक्तिमा रक्तपात  मच्चिएको
३. शनि एवं वृहस्पतिको सम्बन्ध
२०६७ सालमा वैशाख १३ गतेदेखि वृहस्पति र शनीको दृष्टि सम्बन्ध पूरा वर्षरि नै भइरहने छ । यस्तो सम्बन्ध परिवर्तनको संवाहक भएको पाइन्छ ।
२००७ सालमा जब नेपालमा राणाशासनको अन्त्य हुन गई प्रजातन्त्रको स्थापना भएको थियो । त्यससमयमा शनि र वृहस्पति परम्परा २०६७  सालकै अवस्थामा थिए । अर्थात् वृहस्पति मीन राशीमा र शनि कन्या राशीमा त्यसैगरी पाकिस्तानबाट वंगलादेश छुट्टीदा पनि वृहस्पति र शनि परस्पर दृष्टि सम्बन्धमा थिए । वृहस्पति तुलामा र शनि मेष राशीमा जब कि दुनियाँका दुई ठूला शक्ति सम्पन्न देश अमेरिका र रसियाको  शक्ति सन्तुलन विग्रिन पुगेको थियो । अर्थात् रसिया छिन्न भिन्न भएको थियो । त्यस समय पनि वृहस्पति र शनि परस्पर दृष्टि सम्बन्धमा थिए । वृहस्पति मिथुनमा र शनि धनुमा ।
यसरी वृहस्पति र शनीको योगले विश्वराजनीतिमा विभिन्न परिवर्तनहरु ल्याएको देखिन्छ । २०६७ सालमा पनि विश्व राजनीतिमा विभिन्न  राजनीतिक परिवर्तन  देख्न पाइनेछ । महान शक्तिशाली राष्ट्र अमेरिकाको शक्ति सन्तुलन विग्रन जानेछ र एसियाली राष्ट्र शक्तिमा आउनेछन् । चीनले आफ्नो प्रभुत्व बढाउन थाल्नेछ । फलस्वरुप भारत पनि चनाखो भएर आफ्नो शक्ति विस्तारमा लाग्नेछ । यो साल भारत र चीनबीच केही मनमुटाव बढ्ने पनि ग्रहफलबाट देखिन्छ । नेपालको लागि २०६७ साल विशेष परिवर्तनको संवाहक रहने छ । राजनीतिक दलहरुको हल्लाखल्लाले मात्र नयाँ संविधान लेखिने देखिँदैन र देशले राजनीति संकटको सामना गर्नुपर्ने छ ।

No comments:

Post a Comment

Google Search