Tuesday, September 1, 2009

कागबाट शकुन-अपशकुन लक्षणहरू


संसारको प्रायः सबैतिर भेटिने चराहरूमध्ये काग पनि एक हो । झट्ट हर्ेदा त्यति आकर्ष नहुने, फोहोरहरू खाने, आवाजमा पनि मिठास नहुने, धर्ूत र छुच्चो भएकोलेप्रायः यो चरालाई कसैले मन पराउँदैनन् । काग धेरै कसिमको भए तापनि सामान्यतया यसलाई चारथरिमा विभाजन गरिन्छ-
१) सबैतिर कालो, भएको ठूलो,
२)सबैतिर कालो भएको सानो,
३) घाँटीमा मात्र सेतो अन्यत्र कालो भएको सानो र
४) सबैतिर सेतो भएको ।

माथिका तीनथरि काग प्रायः सबैतिर पाइन्छन् भने सबैतिर सेतो भएको काग दर्ुलभ मानिन्छ । यस्तो सेतो काग २०५९ सालमा काठमाडौँमा देखापरेको थियो ।सेतो काग देखिएपछि देशमा ठूलो घटना घट्छ भन्ने भनाइ पनि पाइन्छ । कागहरू औसतमा ९ देखि १५इन्चसम्मका लामा हुन्छन् । काग चलाख पंक्षी भएकोले परापर्ूवकालमा एक ऋषिले अमृतको स्रोत खोज्न एक कागजलाइ अह्राएका थिए । कागले पनि धेरै प्रयासपछि अमृतको स्रोत पत्ता लगाएछ । काग चलाख र धर्ूत भएकोले पहिले आफूले चाखेछ । सो कुरा ऋषिले थाहा पाएर, विश्वासघात गरेकाले ऋषिले कागजलाई चारवटा श्राप दिएछन् । जस्तै- दर्ुघटनाबाट मात्र मृत्यु होस्, -२) सधैँ फोहोरहरू मात्र खान परोस्, -३) कसैले मन नपराओस् र -४) कसैले विश्वास नगरोस् भनी घाँटीमा समातेर र कालो रङमा चोपलेछन् । त्यसै बेलादेखि कागको रङ कालो हुने गरेको हो भन्ने भनाइ पाइन्छ ।र,उसको बानी, व्यहोराहरू पनि त्यस्तै नै पाइन्छ । अर्को कुरा कागजलाई श्राप परेकाले दर्ुघटनामा मात्र उसको मृत्यु हुन्छ, त्यतिञ्जेल ऊ बाँचिरहन्छ, त्यसैलेकाग अमर प्रायः हो र कागको निश्चित हुँदैन । त्यस्तै अर्को रोचक कुराहरू अरू प्राणीका दर्ुइवटा आँखामा दर्ुइवटा नै नानी हुन्छन् । तर, कागको दर्ुइ आँखामा एउटा मात्र नानी हुन्छ । त्यसैलाई पालैपालो दुवैतिर सार्ने गर्दछ । त्यसैले कागले एउटा आँखाले मात्र देख्दछ ।
कागबाट हुने केही शकुन-अपशकुन लक्षणहरू
१)यदि विवाहित केटाको शिरमा वा टोपीमा कागको बिष्टा परेमा उसलाई सन्तान प्राप्त हुनेछ । बिहानको समयमा बिष्टा परेमा सुन्दर सन्तान प्राप्त हुनेछ
भने केटीको कपडामा बिष्टा परेमा निकट भविष्यमा पुत्र प्राप्त हुनेछ । सन्ध्याकालमा बिष्टा परेमा कुरूप सन्तान जन्मन्छ, जुनेली रातमा बिष्टा परेमा सुन्दर
शुभलक्षणकी पुत्री प्राप्त हुनेछिन् भने अन्धकार रातमा कागको बिष्टा शरीरमा परेमा कुलक्षण सन्तान प्राप्त हुनेछन् ।
२) आइतबारको दिनमा कुनै काग कुवा, नदी, पोखरी छेउमा मरेको पाइएमा त्यस वर्षवषर्ा कम हुन्छ,
भोकमरी आउँछ -अनिकाल) सामानहरूको मूल्य बढ्छ । गर्मी ज्यादै बढ्छ, रोग दुःख आउँछ ।
३) बिहानीपख घरको अगाडि कुनै काग कराएमा कुनै घटनाको खबर प्राप्त हुने भनिन्छ ।
४) सपनामा कागले दही खाएको देखिएमा कार्य सफल हुने संकेत मानिन्छ ।
५) सपनामा कागले दूध खाएको देखेमा सन्तान प्राप्त हुने वा विवाह चाँडै हुने संकेत मानिन्छ । त्यस्तै
कुनै अन्धाले सपनामा काग उडेको देखेमा वा संकेत पाएमा उसको अन्धोपन कम हुन्छ र आँखा देख्न थाल्दछ ।
६) यदि कुनै मानिसले बिहानै आफ्नो घरको छानामा वा कौसीमा कुनै काम मरेको देखेमा, पुरुष भए उसको स्त्रीको मृत्यु हुने र स्त्रीले देखेमा उसकोश्रीमान्को मृत्य हुनेछ । त्यस्तो अवस्थामा जसले देखेको छ, यसले कसैसँग नबोली नभनी कुनै एकान्त स्थानमा लगी कागलाई गाड्नु पर्दछ र कसैलाई केही नहोस् भनर्ीर् इश्वरलाई पर््रार्थना गर्नुपर्दछ र घरमा शान्तिस्वस्ती गर्नुपर्दछ ।

3 comments:

  1. Suneej ji really nice article..i recommend everyone to read all articles. every article is so realistic.

    ReplyDelete
  2. hi suneel ji

    i liked ur post but sometime its bit difficult to understand. please make it more clearer especially when u write about really deep and important matter such as 'santan prapti', 'graha dasha', 'vastusashtra' etc.

    thanks alot for such important information

    ReplyDelete
  3. sapana maa kaag udeko dkheko tara ma ando hoina aba ke huna sakchha.

    ReplyDelete

Google Search