आवासमा पर्ने अव्यक्त ब्रहृमाण्डीय शक्तिद्वारा मानवलाई र्सवाधिक लाभ पुर्याउनका लागि प्राचीन ऋषि महषिर्हरूले वास्तुशास्त्रलाई स्थापित गर्नुभयो जुन शास्त्रलाई हामी भवन निर्माणकला भन्ने गर्दछौं । भवन कुनै चलायमान होइन भनी जो वास्तु सिद्धान्तको उपेक्षा गर्दछन् भने त्यस्ता मानिसहरू दुःखी साथै चिन्तायुक्त अनेक समस्याहरूलाई भोग्ने गर्दछन् । वास्तुशास्त्रको अनुशरण गर्नाले स्वास्थ्य मानसिक शान्ति, सफलता, सुख-सम्मृद्धि पाउन सकिन्छ र आफ्नो जीवनमा आर्श्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ ।
मानवहरूको आश्रयको लागि वृक्ष पर्वत पहाडका गुफाहरूको प्रयोग गरे पछाडि ढुङ्गा, माटो र काठका घरहरू बनाइए । कालान्तरमा भवन निर्माणका अनेक संस्कारहरू विकसित भए । आश्रय आवासदेखि अन्य पूजापाठको लागि मठ, मन्दिरहरू बनाउन आरम्भ गरियो । यस्तै परम्परा अनुसार गाउँ बस्ती र नगरहरू जन्मिए ।
सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा वास्तुको पहिलो प्रयोग पाईन्छ । त्यसैबाट वास्तुशास्त्रको उद्भव भयो र वैदिक शास्त्रमा पनि उक्त शास्त्र पर्ूण्ारूपमा देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रुपमा 'त्वष्टा'को उल्लेख गरेको पाइन्छ । अन्य शास्त्रीय मतमा मयदानव, देवल, ऋषि, नारद आदि वास्तुविद्हरूले यो परम्परालाई प्रयोग गरेका थिए । चार वेदहरूका चार उपवेदहरू छन् जसमा 'स्थापत्य' उपवेद पनि पर्दछ त्यसैलाई वास्तुको रुपमा जानिने गरिन्छ ।
वास्तुशास्त्रका प्रथम पर््रवर्तक देवताहरूका वास्तुविद् विश्वकर्मा हुनुहुन्छ । विश्वकर्माले ब्रहृमा आदेशलाई पालन गरी विविध देव नगर र पुरहरूलाई स्थापित गर्नुभयो । त्यस्तै पृथुराजा पृथ्वीका व्यवस्थापक र कुशल शासक हुनुहुन्थ्यो । वहाँलाई विष्णु आदि देवताहरू, दिक्पाल, ऋषि र महषिर्हरूले राज्याभिषेक गर्नुभएको थियो । पृथुले पनि भवन निर्माणको भार विश्वकर्मालाई नै सुम्पिनु भएको थियो भन्नेकुरा वेद पुराणादि शास्त्रमा वणिर्त छ ।
वास्तुको उद्भव वैदिककालमा नै भएको थियो र लगभग १३ औं शताब्दीसम्म गृहनिर्माणमा पर्ूण्ा प्रयोग गरिएको थियो । बीचमा केही लोप हुँदै गयो तर हाम्रा वैदिक वाङ्मय पुराण इतिहासहरूमा लुप्त ज्ञानलाई आज हामीले प्राप्त गरी विश्वमा र्सवश्रेष्ठ स्थान प्राप्त गर्न सक्ने साहस पाएका छौं ।
शास्त्रं कर्म तथा प्रजा शीलंच क्रिययान्वितम् ।।
लक्ष्य लक्षण युक्तार्थं शास्त्र निष्ठो नरोभवेत् ।।
वास्तुविद्लाई वास्तु सिद्धान्तहरूको शास्त्रीय ज्ञान हुनर्ुपर्दछ । प्रज्ञावान्, ज्ञानवान् हुनुका साथै सम्पर्ूण्ा ज्ञानलाई क्रियारुपमा प्रयोग गर्ने योग्यता पनि हुनर्ुपर्दछ । वास्तुविद्ले भवनलाई यस्तो रुप दिन्छन् जसमा बस्ने मानिसहरू सुख समृद्धि र शान्तिलाई प्राप्त गर्दछन् ।
र् धर्म, अर्थ, काम र मोक्ष जीवनका चार परम लक्ष्य हुन् । यसलाई त्यतिखेर मात्रै प्राप्त गर्न सकिन्छ जब शरीर स्वस्थ्य, मन स्थिर बुद्धि निर्मल रहन्छ । शरीर, मन र बुद्धिको यो रूप वास्तु सिद्धान्त अनुरुप बनेको भवनमा रहेर सजिलैसँग प्राप्त गर्न सकिन्छ । यस अनुरूप कर्म गर्नाले प्रकृतिको अव्यक्त उर्जाको प्रचुर लाभलाई प्राप्त गर्न सकिन्छ ।
वास्तुशास्त्र र ज्योतिष शास्त्रको अन्तर सम्बन्ध छ । परम पुरुष परमात्माले ज्योतिष शास्त्र रुपी अपर्ूव रत्न उत्पन्न गर्नुभएको छ । जसद्वारा सम्पर्ूण्ा प्राणीहरूको पर्ूवजन्म यो जन्म र परजन्ममा भोगिने दुःख सुखहरूलाई जान्न सकिन्छ । जन्म र मृत्यु कुनै शास्त्रहरू द्वारा जान्न सकिन्न तर ज्योतिषशास्त्रले सूचित गर्न सक्दछ । जुन मुनष्यले ज्योतिष रूपी प्रकाश आँखामा स्थापित गरेको छ भने त्यस्ता मानवहरू त्रिकालदर्शी देवताहरू समान पूजनीय हुन्छन् । स्रष्टाले जुन समयमा चारवेदहरू स्थापित गर्नुभयो । सोही समयमा वेदका छ अङ्गहरू स्थापित भए । शिक्षा, कल्प, व्याकरण, निरुक्त,छन्द, ज्योतिष जसलाई विद्वान् विदुषीहरूले यसरी वर्ण्र्ाागर्नुभएको छ ।
"शब्द शास्त्रं मुखं ज्योतिषं चक्षुषी श्रोगमुक्तं निरुक्तंच कल्प करौ ।।
यातु शिक्षास्य वेदस्य सा नासिका पाद पद्मद्वयं छन्दं आद्यैबुधैः ।।"
वेदको मुख व्याकरण, ज्योतिष नेत्र, निरुक्त कान, कल्प हात, शिक्षा, नाक, छन्दालाई दर्ुइ चरणको रुप मानिएको छ । परन्तु सबैअङ्गहरूमा श्रेष्ठ आँखालाई नै दिइएको छ । किनकि सम्पर्ूण्ा अङ्ग पर्ूण्ा छ आँखाबाट वञ्चित छ भने त्यो प्राणीले कुनै कर्म गर्न सक्दैन उक्त कारण ज्योतिष शास्त्रको चक्षु हो सबैतिर प्रकाशवान् छ साथै सर्वोपरि छ । शास्त्राकारहरूको कथन छ ः-
'संयुतो˜पीतरैः कर्ण्र्ाासादिभिश्चक्षु
षांगेन हीनोन किंचित्करः ।।'
वास्तुशास्त्रलाई पनि ज्योतिषले पर्ूण्ा प्रकाश पारेको छ । भवन निर्माणदेखि लिएर गृहप्रतिष्ठासम्म नै ज्योतिषको गरिमामय स्थान छ । मानिसको नाम राशिबाट भवन निर्माण गर्नुपर्दछ । नामहरू दर्ुइ प्रकारका हुन्छन् । जन्मनाम र चल्ती नाम । दुवै नामहरू श्रेष्ठ हुन्छन् । शास्त्रको बचन छ ः
"विवाहे र्सवमाङ्गल्ये यात्रादौ ग्रह गोचरे ।
जन्म राशे प्रधानत्वं नामराशीं नचिन्तयेत् ।।"
विवाह आदि सम्पर्ूण्ा मंगल कार्यमा यात्रा ग्रह गोचर विचारमा जन्म राशि नामको प्रधानता हुन्छ । त्यस्तै देश, गाउँ, गृह, युद्ध, नोकरी, व्यापार, मुद्धा, मामिलामा चल्ती नाम राशी मान्य हुन्छ ।
भनिएको छ ः-
देशेग्रामे गृहे युद्धे सेवायां व्यवहारके ।।
नामराशे प्रधानत्वं जन्म राशी नचिन्तयेत् ।।
यदि कसैको जन्म राशि थाहा छैन भने जुन नाम प्रचलित छ त्यसैवाट विचार गर्नुपर्दछ ।
"जन्मन ज्ञायते येषां तेषां नाम्नो गवेष्यते "
भूमीचयन गर्दा मानिसको नाम राशिबाट नगर, गाउँ, स्थानको नामराशि सम्म गन्ती गर्दा २, ५, ११, ९, १० मा पर्यो भने सो भूमि शुभ हुन्छ । १ र ७ शत्रुबाधा ४, ८, १२ रोग ३ र ६ व्याधिकारक जान्नु पर्दछ । वास्तुशास्त्र र ज्योतिषको यस्तो मत छ ।
गृह निर्माण गर्दा भूमि चार प्रकारले हेरिएको छ । १) ब्राहृमणी २) क्षत्रिया ३) वैश्या र ४) शूद्रा । सेतोमाटो मधुर सुगन्धले युक्त भए त्यो भूमि ब्राहृमणी नामक हुन्छ । यो भूमिले सुख प्रदान गर्दछ । रातो माटो रक्त गन्ध युक्त छ भने क्षत्रिया भूमि भनिन्छ उक्तस्थान राज्यप्रदा हुन्छ । हरियो पँहेलो वर्ण्र्ााे भूमि अमिलो र मह समान गन्ध युक्त भूमिलाई वैश्या भनिन्छ । सो भूमि धन दिने हुन्छ । कालो तीतो मदिराको जस्तो गन्ध भएकोलाई शूद्रा भूमि भनिन्छ । सो भूमि कठोर हुन्छ । यसलाई गृहनिर्माणका लागि त्यागीदिनु पर्दछ ।
भूमिलाई वास्तुशास्त्रमा चार प्रकारले जानिन्छ ।
गजपृष्ठ, कर्ूमपृष्ठ, दैत्यपृष्ठ र नागपृष्ठ ।
"गजपृष्ठ"
दक्षीणे पश्चिमे चैव नैऋत्ये वायुकोणके ।
एषुच्यं यत्र भूमौ सा गजपृष्ठ भिधियते ।।
वासस्तु गजपृष्ठायां धनधान्य प्रदायक ।
आयुवृद्धिकरो नित्यं कर्तुं संजायते ध्रुवम् ।।
नैऋत्य र वायव्य दिशामा उच्चा भएको जमीन गजपृष्ठा हुन्छ यो भूमि धनधान्यले पर्ूण्ा र दर्ीघायू हुन्छ ।
कर्ूमपृष्ठ
मध्य उच्चं भवेधत्र नीचंचैव चतर्ुर्दिशम् ।
कर्ूम पृष्ठा चसा भूमिः कथितागजकोत्तमैः ।।
वासश्च कर्ूमपृष्ठायां नित्यमुत्साहवर्धक ।
धनधान्यादिकं तस्य जायते च यशः सुखम् ।।
मध्यभागमा अग्लो चारैतिर होचो भएको जमीन कर्ूम पृष्ठ हुन्छ । त्यस स्थानमा गृह निर्माण गरे धन धान्य यश र सुखको वृद्धि हुन्छ ।
दैत्यपृष्ठ
पूवाग्नि शम्भुकोणेषु स्थल मुच्चं यदाभवेत् ।
पश्चिमे यत्र नीचं सा दैत्य पृष्ठाभिदियते ।।
वासस्तु दैत्य पृष्ठायां सदा कलह कारक ।
पशुपुत्र धनादिनां हानिर्भवति गेहिनः ।।
नागपृष्ठ
पर्ूवपश्चिमयोर्दीर्घर्ााोच्चा दक्षीण सौम्ययोः ।
नागपृष्ठा च सा प्रोक्ता निन्दिता पर्ूव सुरिभिः ।।
तस्यवासो गृहसस्य धनधान्यादि हानिकृत् ।
रिपुभीति कदश्चैव तस्मातां परि वर्जयेत् ।।
पर्ूव र पश्चिम दिशामा लामो दक्षिण र उत्तरमा अग्लो छ भने त्यो नागपृष्ठ भूमि हुन्छ । धनधान्यमा हानि र अहर्निस शत्रु भय हुन्छ । शास्त्रीय पद्धतिमा अन्य अशुभ भू-खण्ड -घडेरी) का लक्षणहरू पाइन्छ ।
अशुभ भूखण्डहरू
आयातकार, वृताकार, त्रिकोणाकार, चक्राकार, सर्ूपाकार, शङ्कटाकार, धनुषाकार, तबलाकार, व्यञ्जनकार, चिमटाकार, अण्डाकार, विषमवाहु अर्ध वृत्ताकार, आदि छन् ।
त्यस्तै शुभ आकारका भूखण्डहरू -
चतुष्कोणाकार, षट्कोणाकार, अष्टकोणाकार, गोमुखाकार, सिंहमुखाकार, भद्रासन, काकमुखी आदि शुभ मानिन्छन् ।
भूमिपरीक्षा श्री नारद महापुराण पर्ूवभागमा गृहनिर्माण सम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको छ र सबैले गर्न सकिने गरी प्रस्ट पारेको छ । त्यस्तै गरुड महापुराण आदि ग्रन्थहरूमा पनि मठ, मन्दिर, गृह आदि विषयमा धेरै व्याख्या पाइन्छ ।
वास्तु पद्धतिमा आठ प्रकारका महलहरू हुन्छन् । पाञ्चाल, वैदेह, कौरव, कुजन्यक, मागध, शुरसेन, गान्धार र अवन्तिक । सुरुका घरको चौर्डाई उचाई, जति छ त्यसको सवागुना बड्दै जाँदा अन्य महलको नामाकरण हुन्छ । जस्तै ः पाञ्चाल भवनको लम्वाई, उचाई, चौर्डाई जति छ त्यसको सवागुना बड्दा वैदेह नामको महल हुन्छ । यस्तै प्रकारले कौरवादि महलहरू बनिँदै जान्छन् ।
गृहनिर्माण जस्तै कलकारखाना उद्योग व्यवसाय क्षेत्र मठ, मन्दिर, चलचित्रघर आदि क्षेत्रमा पनि वास्तुको प्रयोग गरिन्छ ।
गृह निर्माण गरिसकेपछि ज्योतिष शास्त्रले सूचित गरे बमोजिम वास्तुचक्र जुराइ वैदिक संस्कार, शास्त्रीय आधार साथै ऋषि महषिर्हरूको मतलाई पालन गरी गृह प्रतिष्ठा गर्नुपर्दछ उक्त गृह सम्पर्ूण्ा मनोरथ पर्ूण्ा गर्ने हुन्छ ।
No comments:
Post a Comment