प्रा.डा.दीर्घराज घिमिरे
कलयति वा कालयति व्रि्रहबाट अण् वा अच् प्रत्यय निष्पन्न रूप हो काल । यसको प्रकृति हो शब्द र संख्यानार्थकभ्वादिगण तथा प्रेरणार्थक चुरादिगणको कलधातु । व्रि्रहगत अर्थका आधारमा सोझै वा आफूभिन्नबाट जगन्नियन्त्रक सञ्चालक स्थापक भन्ने बुझिन्छ, त्यही हो वास्तविक काल, स्वतः अखण्ड छ । लोकमर्यादा चलाउन र परिपालन गर्न उपाधि माध्यम गणना गरिन्छ, क्षणदेखि सम्बत्सरसम्म गणनाभित्र पर्छन् । सानो अवधिको काल क्षण र ठूलो अवधिको काल सम्बत्सर हो । क्षणभन्दा सानो काल गणितभित्र पर्दैन र सम्बत्सरभन्दा ठूलो अवधि गणना गरिंदैन, सम्बत्सरकै आवृत्ति भइ रहने हो र कल्पमा विश्रान्त हुन्छ । स्वतः र्सवाधारात्मक काललाई वर्गीकरण गर्ने र त्यसको भेदलाई नियाल्ने योग्यता कुनै पनि अर्सवज्ञलाई होला भन्ने कल्पना समेत गर्न सकिंदैन त्यसैले भनिन्छ कालो˜नन्तो˜जरो˜मरः काल अनन्त अजर र अमर छ । वस्तुगति यस्तो हुँदाहुँदै पनि कालबारे दार्शनिक मतभेद छन् ।
क्रियावदवस्तुको सम्बन्धले बुझ्नुपर्ने हुनाले काल अतीन्द्रिय हो अनुमेय हो वैशेषिक न्याय मतमा । काल इन्द्रिय वेद्यता छ नत्र कालमा रहेका पदार्थमा इन्द्रियजन्य ज्ञान वेद्यता रहँदैन भन्छन् मीमांसकानुयायी, अन्यान्य वैदिक दर्शन उक्त दर्ुइमतभित्र कहीं न कहीं समाहित हुन्छन् । अद्वैतवेदान्तको दृष्टि उक्त दर्ुइ मतभन्दा फरक छ, तिनीहरू भन्छन् "परस्य ब्रम्हणोरूपं पुरुषः प्रथमं द्विज" परमात्माको इक्षणपछि मायात्मक कालनै पहिलो पुरुष रूप हो । अर्थात् आत्मा हो । यो मतमा परमार्थमा आत्मा मात्र हुनाले कालसत्ता पृथक मानिंदैन तर पनि आत्माद्वैतज्ञान नभएसम्म व्यवहार्रार्थ उक्त विधामा आफ्नो सम्मति देखाउँछन् । व्यवहारिक सत्ताको आधारमा त्यस्तो मानेको भन्छन् । यस हिसावले अवस्याभेदेन कालनिरूपण हुनर्ेगर्छ । जतिसुकै मतभेद र मान्यता भए पनि व्यवहार र धर्मको निर्ण्र्ााभने मीमांसा सिद्धान्तानुरूप हुनर्ुपर्छ, प्रायः यसै सिद्धान्तानुसारी ज्योतिषशास्त्र पनि होला ।
अब विचार गर्नुपर्छ एकतर दृष्यगतिका आधारमा, अखण्ड र व्यापक कालको गति हुँदैन । गति हुन्छ परिच्छिन्न अर्थात् मर्ूत पदार्थमा, पृथिवी, जल, तेज, वायु र मन मर्ूत हुन् । मर्ूतमध्ये कुनै एक वा अनेकको योग कालमा परेपछि कालविशेष भन्ने परिभाषा छ । परिभाषा भन्नु आफूले स्थापित गरेको मान्यता हो । त्यही मान्यताको कालनिरूपण प्रक्रिया अघि बढ्छ, त्यसैले धर्मशास्त्रका निबन्धकार भन्ने गर्छन् र "अतिगहनं कालतत्वम्" । कालविवेचन ज्यादै कठिन छ नक्षत्र ग्रहगति र तिनको संयोग वियोग जनितत्वका आधारमा कालगत उत्तमाधमत्वादि विवेक गरिन्छ । यस्ता विवेकको मुख्य आधार हो मार्गत्रय । उत्तरमार्ग, मध्यमार्ग, दक्षिणमार्ग, अयनसंक्रान्ति विषुवत् र पूणिर्माको आधारमा मात्र सीमित छैनन् । उक्त तीन मार्ग । एक एक मार्ग अर्न्तर्गत तीनतीन वीथि हुन्छन्, ती वीथिमध्ये नागवीथि, गजवीथि र ऐरावती वीथि तीन उत्तरमार्गका हुन् भने आर्षीवीथि गोवीथि र जारद्गवीवीथि मध्यमार्गमा पर्छन् । दक्षिणमार्गमा परिगणित हुन् अजवीथि मृगवीथि र वैश्वानरवीथि । उक्त तीन तीन अवयवका तीन मार्ग सवितृमण्डलको उत्तर दक्षिण र मध्यभाग भेदेन भएका हुन् । अश्विन्यादि तीन तीन नक्षत्रको एक एक वीथि हुन्छ; कुन वीथि अर्न्तर्गत कुन अवयवको सम्बन्ध मण्डलको कुन अवयवमा हो तदनुसारेण उत्कर्षवा अपकर्षसूचन हुन्छ, अनि कालाश्रयत्वेन फलाप्ति भोक्तालाई हुन्छ अतः उक्त भोग्यवृत्तिसत्ताको अभिव्यञ्जक काल हो भन्ने शिष्ट मान्यता छ । यस्ता मान्यताभित्रका विषय बहिरिन्द्रियवेद्य हुन सक्लान् - अथवा निर्दिष्ट हेतुद्वारा अनुमित हुन सक्लान् - प्रामाणिक रूपमा निक्र्यौल नभएसम्म स्थूल कल्पनाका आधारमा नक्षत्र गत्रि्रयुक्त कालगत शुभाशुभत्व अनुमित हुन सक्दैन । संवितृमण्डलमा आततः प्रत्यक्षता रहे पनि मण्डल घर्टकर्ततत् अवयवमा तत्तत् नक्षत्र सम्बन्ध स्पष्ट छैन अर्थात् अतीन्द्रिय छ, अतीन्द्रियको प्रत्यक्षनहुने कुरा सबैले बुझेका छन् । शुभाशुभफलानुमान आगम वा प्रत्यक्षाधारेण हुन्छ स्वतः हुँदैन । यस रीतिले प्रत्यक्ष र अनुमानवेद्यता उक्त विषयमा रहेन, परिशेषतः शब्दवेद्यता रहनुपर्यो । नक्षत्र र मण्डलसम्बन्ध प्रवाह कालचक्र हो फलतः आदित्य हो, आदित्य मण्डल घटक अवयवमा नक्षत्र आदिको सम्बन्धबाट पर्न जाने हुन्छन् विविध पर्व, यसरी पर्न जाने पर्व हचुवाको भरमा सार्ने निर्ण्र्ााहुनु वा गर्नु अदृष्टसाधककृत्यमा आघात पर्ने काम हुनु हो । कसरी हो - यसरी हो । चान्द्रमासको नाम सम्बन्धित नक्षत्र युक्त पूणिर्माका आधारमा हुन्छ, अमान्तमासमध्यमा पूणिर्मा हुन्छ र पूणिर्मान्तको त मासप्रतिष्ठा नै पूणिर्मामा हो । उक्त दुवै प्रकार चान्द्रमासकै हुन् । जुन चान्द्रमासको काम हो त्यसैचान्द्रमासमा गर्नुपर्ने शास्त्रोपदेशित छ । जस्तै( अश्विनी वा अश्विनीसम्बन्धित नक्षत्रयुक्तकाल अश्विनी पूणिर्मा हो यो पूणिर्मा जुन महिनामा पर्छ त्यो अश्विन मास हुन्छ, एक महिना अघि सार्दा पर्ूवाभाद्रको पूणिर्मालाई अश्विन पूणिर्मा भन्नर्ुपर्छ , अब सोझै सिद्ध छ अश्विन पूणिर्माको कामको फल भाद्रपूणिर्माको कामबाट प्राप्त हुँदैन । त्यस्तै मूलदेखि श्रवण नक्षत्रयुक्त अश्विनशुक्ल सप्तमीदेखि दशमी तिथि, भाद्र शुक्लको विशाखादेखि पर्ूवाषाढाका सप्तमी-दशमीलाई मान्नुपर्ने हुन्छ । अनि त्यही हो त शारददुर्गोत्सव काल - अवश्य होइन ।
पूणिर्मा वा सप्तमी-दशमी हुन चन्द्रकलाको आदित्यमण्डलमा प्रवेश वा निर्गम अपरिहार्य छ । आदित्यमण्डल अवयवसम्बन्ध सम्बन्धित नक्षत्रमा भए उत्तम योग मानिन्छ । सम्बन्धित नक्षत्र नजिकैको नक्षत्र योग त तिथिसामान्य नै रहन्छ , स्थानभेदेन योग फरक पर्छ, मेचीमा पूणिर्मा वा सप्तमी आरम्भ हुँदा र नक्षत्र आरम्भ हुँदा महाकालीमा हुँदैन, यस्ता कुरा चक्षर्ुर्वेद्य हुँदैनन् सूक्ष्मार्थ ग्राहित्व बहिरिन्द्रियमा रहँदैन, ग्रह-नक्षत्रगति सूक्ष्मतम छ ।
प्रमाणपुष्ट नभएको एकीकरणपक्षको तर्क छ, असार ६, ७ गते देखिनै दिन घट्न आरम्भ हुन्छ भने २४।२५ दिनपछि दक्षिणायन संक्रान्ति मान्नु हुँदैन तर पनि सायन निरयण व्यवस्था छ ।
यसरी छ, पाँचौ शताब्दीका वराहमिहिरका ग्रन्थमा सायन निरयणकालमा साम्य छ, त्यही विषय पन्ध्रौं शताब्दीमा आइपुग्दा ११।१२ दिन फरकको चर्चा माधवाचार्यले गरेका छन् , सङ्क्रान्तिभन्दा ११-१२ दिन पहिले सायनपर्छ प्रतिसायनमा समेत स्नानदानादिका निमित्त पुण्यकालको व्यवस्था छ । जस्तै -मकरायनमा संक्रान्तिपर्ूवको बीस घडी पुण्यकाल हुन्छ भने मकरसंक्रान्तिमा उत्तरको बीस घडी पुण्यकाल मानिएको छ । बाँकी सायनमा संक्रान्ति जस्तै पुण्यकाल रहन्छ भनिएको सछ भने अहिले २४ दिन फरक भइसक्यो । यति हुँदा पनि सायन अशास्त्रीय हो भन्ने बारे उपयुक्त र पर्याप्त प्रमाण तथा युक्ति स्थापित हुन सकेका छैनन् । केवल दिन घटबढका आधारले परम्परा बिथोल्नु युक्तिसंगत होइन यसो गर्नाले अदृष्टाधायक कर्ममा फलवैयत्य हुनसक्छ । बरु "संक्रान्तिषु यथाकालस्तदीये˜ प्ययनेतथा" भनेर सायन-निरयण दुवैको मान्यता स्थापित भएकै देखिन्छ । उक्त कुरा विद्वार्गमा तिरोहित नभएकै हुनर्ुपर्छ । यो विषय निश्चय पनि विचार्रार्ह छ । गति समान रहँदैन, कालक्रमले नै ग्रह नक्षत्र गति फरक पर्दै जान्छन् समय-समयमा समन्वय गर्दै जानुपर्ने हो, त्यसो हुन तदर्ह जनशक्ति र विपुलश्रम अपेक्षित छ, त्यसो हुन सके अहिलेको जस्तो समस्या पर्दैन ।
कालगति परिष्कार अभियान नयाँ होइन सामान्यतः एकशताब्दी पुरानो हो तथापि हालसम्म अभियानकै रूपमा रहेको छ । यसलाई फलीभूत गर्न शंकराचार्य, कुमारिल भट्ट, वराहमिहिर, भाष्कराचार्य जस्ता लोकोत्तरप्रतिभाकै कोटिका चिन्तक विद्वान्को प्रतीक्षामा छ कि काल भन्ने बुझिन आउँछ । त्यसकोटीका विद्वानद्वारा गरिएका कामहरूले धर्मशास्त्र विषय निर्वाध रूपमा प्रवाहित हुन सक्दछन् । इतिशम्
लेखकः ने.वि.वा.वि.पीठका निवृत्त प्राध्यापक हुनुहुन्छ ।
No comments:
Post a Comment