असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना
असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ। आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिकाको साइत भने असोज ३१ आइतबार बिहान १०:४३ बजे उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो पर...