Posts

Showing posts with the label आध्यात्मिक

रत्नको महत्त्व

प्राचीन समयदेखि नै संसारभर रत्नको र्सवाधिक महत्त्वपूर्ण स्थान रहँदै आएको छ । रत्नको महत्त्व दर्शाउने विभिन्न विधि एवम् परम्पराको वर्तमान स्वरुप भनेको यसको माग, उच्च मूल्य र इज्जतको प्रतीककात्मक चिह्नका रुपमा लिइने सामाजिक स्वीकार्यता नै हो । वैदिककालदेखि नै रत्नको महत्त्वको चर्चा रहँदै आएको र पौराणिक कालमा रत्नको अर्थ र महत्त्व अझ व्यापक रहेको पाइन्छ । देवता र दानवहरु मिलेर समुद्र मन्थन गर्दा चौधओटारत्नहरुको प्राप्ति भएको एवम् ती अधिकांश रत्नहरुको सम्बन्ध पृथ्वीसँग रहेको प्रतिकात्मक सङ्केत हिन्दू धार्मिक ग्रन्थहरुमा पाइन्छ भने अन्य धर्ममा पनि दुर्लभ रत्नहरुको विशेषतालाई स्वीकारिएको पाइन्छ । हिन्दू धार्मिक मान्यतानुसार र्स्वर्ग, मर्त्यलोक र पातालमा भिन्ना भिन्नै मूल्य, मान्यता र विश्वासका आधारमा रत्नहरुको परिभाषा गरिएको छ । सामान्यतया र्स्वर्गमा चार प्रकारको विशेष रत्नहरु रहेको चर्चा गरिन्छ। १. चिन्तामणि यो सृष्टिकर्ता ब्रम्हाजीले आफ्नो गलामा धारण गरेको सफेद, सुन्दर अकल्पनीय मणिको नाम हो । यो मणि धारण गर्नाले ब्रम्हाजीलाई जे सोच्यो त्यो कार्य तत्काल गर्न सक्ने क्षमता प्राप्त भएको ...