गाईजात्रा पर्व
दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि आज गाईजात्रा पर्व मनाइँदै छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाईन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन अनुरूप सो पर्व मनाउने परम्परा छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ‘गाईजात्रा’ आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ । भक्तपुरमा देखाइने गाईजात्रा, अन्य ठाउँको भन्दा पृथक र मनोरञ्जक भएकाले हरेक भाद्र कृष्ण प्रतिपदाका दिन यहाँ करिब दुई लाख जात्रालुहरू आउने गरेका छन्। गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको ...