Thursday, January 13, 2011

डा. बाबुरामको कुण्डली

न्वारन गर्ने ज्योतिष पण्डित लेखनाथ घिमिरेले पराक्रमी हुनेछ भनेका व्यक्ति डा. बाबुराम भट्टर्राईको जन्म १७ जुन १९५३ को दिन बिहान गोर्खा जिल्लाको खोप्लाङ्ग गाविस वडा नं. ४ बेलबासा भन्ने ठाउँमा कर्कट लग्न एवं कुम्भ नवांशमा भएको थियो । उक्त समयमा सिंह होरा, मीन, द्रेटकाण उदाइरहेका थिए । चन्द्रमा सिंह राशिमा त र्सर्ूय भगवान् मिथुन राशिमा विराजमान हुनुहुन्थ्यो । सिंहको चन्द्रमालाई कुशल संगठनकर्ता एवं विशिष्ट राजनेता र मिथुनको र्सर्ूयलाई बुद्धिमानी एवं मेधाविको रूपमा फलित ज्योतिषले उद्घोषण गर्दछ । जसको आशर्ीवादबाट आज विकट गाउँको एउटा फिस्टे ठिटो डा. बाबुराम भट्टर्राईको नामले परिचित छन् । २०२६ सालको एसएलसी परीक्षामा पर्ूण्ा नेपाल अधिराज्यभर बोर्ड फस्ट हुन पुगेका बाबुरामलाई जगद् गुरु बृहस्पतिको पर्ूण्ा आशर्ीवाद उक्त समयमा मिलेको देखिन्छ । किनकि २०२६ सालमा शुक्रभित्र बृहस्पति अन्तरदशा चलिरहेको थियो । जन्म कुण्डलीमा बुद्धि विद्या स्थानमा पर्ूण्ा दृष्टि दिइरहेका बृहस्पतिले नै उनलाई बोर्ड फस्ट बनाएको हो । किनकि फलित जोतिषमा बृहस्पति गृहलाई विद्या, बुद्धि र ज्ञानको कारक मानिन्छ । गुरु बृहस्पतिले बोर्ड फस्ट बनाएलगत्तै उहाँले कृपालु महाराज शनि भगवान्को कृपा पाउनु भयो । शनिको कृपा परेका सफल व्यक्तिमध्येमा डा. बाबुराम भट्टर्राई पनि एक हुनुहुन्छ । शनि ग्रह अत्यन्तै क्रूर उग्र छन् । यदि कसैको जन्मकुण्डली -चिना) मा जन्मकालीन शनिको अवस्था राम्रो छैन भने त्यस्तो व्यक्ति शनि लागेको बेलामा दुःखी बर्बाद मात्रै होइन कि मृत्यु पनि प्राप्त गर्दछ । वैदिक ज्योतिषीय मान्यताअनुसार शनि एक ग्रह मात्रै नभएर भगवान् शिवझैँ पुजनीय र शक्तिशाली पनि छन् । यस ग्रहलाई संस्कृतमा 'शनिश्वर' पनि भनिन्छ ।
शास्त्रीय मान्यताअनुसार बनारस सहर भएर बग्ने गंगा नदीको किनारमा घोर तपस्यामा बसेका बेला भगवान् शिव प्रकट भई बरदान माग्ने आग्रह गर्दा शनिले भगवान् शिवजस्तै शक्तिशाली हुने बरदान मागेको र शिवले तथास्तु भनी अन्तरध्यान हुनु भएको भन्ने कथन छ । यही मान्यताअनुसार शनिदेव भगवान् शिव जत्तिकै शक्तिशाली रहेको जनविश्वास छ । शनिको नजर घातक रहेको र सो घातक नजर प्राणी जीवनमा नपरोस् भनी आँखामा पट्टी लगाएर शनिदेव बसेका छन् भन्ने पनि पौराणिक कथन छ । यद्यपि हामीले यो बुझनर्ुपर्दछ कि प्राणीलाई अहंकारमाथि नियन्त्रण गर्राई दण्ड दिने ग्रह शनि ग्रह नै हो र यसबाट न्यायकर्ताको काम पनि हुने भनेको पाइन्छ । शनि भगवान्को कार्यकाल अर्थात् २०२७/२८ सालमा उही अमृत साइन्स क्याम्पसमा पढ्दाखेरी कविशिरोमणि लेखनाथ पौडेलको ठमेलको चिसो छिँडीको कोठामा गाउँबाटै ल्याएको भुटुन र ८ रूपैयाँ पाथीमा मसिना चामल किनी आफ्नो महान् लक्ष्यका साथ अध्ययनरत हुनुहुन्थ्यो । यसरी कृपालु महाराज शनिदेवले बाबुराम भट्टर्राईलाई अहंकारलाई दक दिई न्याय र संर्घष्ाको ज्ञान दिनुभयो ।
शनि भगवान्ले छोडेर जान लाग्दा उनको संर्घष्ाशील एवं दुःखी जीवनमा एक महान् अवसर दिएर विदा भए । अर्थात् शनिदेवले डा. बाबुराम भट्टर्राईलाई पाँच वर्षो कोलम्बो योजना छात्रवृत्तिअर्न्तर्गत आर्किटेक्चरल इन्जिनियरिङ पढ्नलाई सन् १९७२ को जुलाईमा भारत पठाइदिनु भयो । १३ डिसेम्बर १९७२ सम्म शनिदेव बाबुरामसँगै हुनुहुन्थयो । १९७६ देखि सुरु भएका ग्रहराज र्सर्ूयले उहाँलाई १९७९ मा जीवनमा एक नयाँ मोड ल्याइदिए । सोही समयमा अखिल भारत नेपाल एकता समाजको स्थापना भएको थियो र डा. भट्टर्राई राजनीतिमा यहीँबाट प्रवेश गर्न पुगे । किनकि र्सर्ूय भगवान्लाई फलित ज्योतिषमा सौर्यमण्डलको राजा मानिन्छ र राजनीति शब्द राजाबाट नै आएको हो । १४ डिसेम्बर १९८२ सम्म रहेका र्सर्ूयदेवले उनलाई विद्यावारिधि दिलाई बाबुराम भट्टर्राईबाट डा. बाबुराम भट्टर्राई बनाइदिए । उनले त्जभ ल्बतगचभ या गलमभचमभखभयिऊभलत ७ तजभ च्भनष्यलब क्ितचगअतगचभ या ल्भउब ििवषयमा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो, जसलाई दिल्लीस्थित अद्रोइत प्रकाशनले प्रकाशित गरेको थियो ।
भगवान् र्सर्ूयनारायणले बाबुराम भट्टर्राईलाई विद्यावारिधि गर्राई डाक्टरको उपमा मात्रै दिनु भएन, उहाँले भट्टर्राईलाई एक सुशील र सम्पन्न सुकन्याको रूपमा जीवन सङ्गीनी पनि दिलाइदिए । किनकि नाम र दामको साथसाथै उहाँलाई जीवन साथीको पनि जरुरत थियो । जसले बाबुरामका जीवनका बाटाहरूलाई सुगम र सरल बनाउने छिन् । सांसारिक संर्घष्ामा अगाडि बढ्न उत्प्रेरित गर्नेछिन् । किनकि संसारका आत्माहरू स्त्रीको यौवनको काखमा मात्रै शान्त हुन जान्छन् । उनी सुशील र सम्पन्न सुकन्या हिसिला यमिसँग २०३७ सालमा विवाह बन्धनमा बाँधिन पुगे । उनीहरूको प्रेम सम्बन्ध त १९७७ जुलाई र्सर्ूयभित्र चन्द्र अन्तरदेखि नै सुरु भइसकेको थियो । जन्मकुण्डलीमा पञ्चमेष -प्रेम) र सप्तमेष -विवाह) को दृष्टि सम्बन्ध भएको हुनाले प्रेम विवाहको योग स्पष्ट लाग्दछ । डा. बाबुरामको जीवनमा प्रवेश गर्नुभएको चन्द्र अन्तर बुधले एउटा महत्वपर्ूण्ा जिम्मेवारी सुम्पिनुभयो । डा. बाबुराम भट्टर्राई २०४६ साल माघ १ गते गठन भएको संयुक्त राष्ट्रिय जनआन्दोलनमा केन्द्रीय प्रवक्ताको रूपमा भूमिगत कार्य गर्नु थाल्नुभएको थियो । यसरी राजकुमार बुध महाराजले उहाँलाई भूमिगत राजनीतिमा आशर्ीवाद थिए ।
१३ डिसेम्बर १९९२ देखि सुरु भएका प्रबल योग कारक मङ्गल ग्रहले उहाँलाई राजनीतिक गतिविधिहरू बढाउन प्रबल इच्छा, आकांक्षा र उत्प्रेरणा प्रदान गराउन थाल्नुभयो । जसको फलस्वरूप डा. भट्टर्राईले २०५२ साल माघ २१ गते संयुक्त जनमोर्चा नेपालको अध्यक्षको हैसियतले ४० सूत्रीय माग देउवा सरकारसमक्ष प्रस्तुत गर्नुभएको थियो, जसलाई देउवा सरकारले वास्तै नगरी एउटा रद्दीको टोकरीमा फ्याँकिदिएको थियो । २०५२ साल फागुन १ गते अर्थात् १३ फेब्रोअरी १९९५ देखि रक्तपातपर्ूण्ा जनयुद्धको सुरुवात स्वरूप उहाँ भूमिगत हुनुभयो । २०५६ साल मंसिर २८ सम्म मङ्गल ग्रह उहाँको साथै हुनुहुन्थ्यो । त्यसपछि षड्यन्त्रकारी राहू ग्रहले उहाँलाई ग्रास बनाउँदै ल्याउन थाल्यो र सेप्टेम्बर ११, २००१ पछि अमेरिकाको आतंककारी विरोधी अन्तर्रर्ााट्रय अभियान र भारतले समेत आतंककारीकै रूपमा चित्रण गरिदिएकोले डा. भट्टर्राई धर्मसंकटमा पर्नु भए तापनि वर्तमानमा २०१० जुलाई १४ देखि उहाँलाईग्रहल राजयोग दिलाउन प्रयत्नशील रहन देखिन्छ ।

Google Search