Showing posts with label वास्तुदोष निवारण. Show all posts
Showing posts with label वास्तुदोष निवारण. Show all posts

Tuesday, September 15, 2009

वास्तुदोष निवारणमा नूनको भूमिका

नून हाम्रो लागि निकै उपयोगि वस्तु हो । खानपानमा यसको निकै ठूलो भूमिका रहन्छ । तर वास्तुशास्त्रमा पनि यसको निकै महत्त्वपर्ूण्ा स्थान रहेको कुरा विरलै मात्र सुन्न पाइन्छ । वास्तवमा नून एक प्रकारको सकारात्म उर्जाको स्रोत हो । त्यसैको बारेमा आज हामी यहाँ चर्चा-परिचर्चा गदैंछौँ ।

प्रायः हाम्रो घरमा थुप्रै प्रकारको वास्तुदोष भएको पाइन्छ । नजानेर नबुझेर पनि हामीबाट यस्ता गल्ती भइरहेका हुन्छन् । यसको समाधानका लागि यदि घरको केही भागलाई बिगार्नु वा बनाउनु पर्दा निकै खर्च व्यहोर्नु पर्ने हुन्छ । बिना थप खर्च र झन्झट समस्याको समाधान र्गर्न सरल तथा सस्तो उपाय अपनाउनु पर्दा नूनले निकै महत्त्वपर्ूण्ा भूमिका खेलेको पाउँछौँ ।वास्तुदोष निवारणका निमित्त प्रायः काचो नून, समुद्रको नून, सिदा नून, डल्लो नून, बिरेनून आदि थुप्रै किसिमका नूनको प्रयोग गर्ने गरिन्छ । थाहा भएकै कुरा हो, परापर्ूवकालदेखि घरमा चट्याङ पर्दा जोगिन अर्थिङ गर्दा वा बरफ जमाउँदा पनि नूनको प्रयोग गरेको पाइन्छ । यसरी वास्तुदोष निवारणका लागि हामी नूनलाई थुप्रै प्रकारले प्रयोग गर्न सक्छौँ ।

घरको उत्तर वा पर्ूवमा शौचालय बनाउनु वा हुनु वास्तुदोषको कारक हो । यदि कसैको घरमा अन्जानमा यस्तो हुन गयो वा रहेछ भने सो घरले काँचको प्लेटमा दर्ुइदेखि तीन मुठि्ठ सादा नून राखि शौचालयमा राखिदिनु पर्छ । यस्तो गर्नाले शौचालयको नकारात्मक उर्जा कम हुन्छ । यस्तो नून पन्ध्रदेखि बीस दिनसम्म मात्र राख्न सकिन्छ । पछि फर्ेदा पहिलाको नून अन्त कतै राख्नु वा जथाभावि प\mयाँक्नु हुँदैन, अशुभ हुन्छ । यस्ता नलाई शौचालयकै वास बेसिन -हातमुख धुने ठाउँ) मा प\mयाँकि पानीले बगाउनु उत्तम हुन्छ ।

अक्सर बच्चालाई आँखा लाग्ने समस्या जो कोहीको घरमा देखा पर्ने समस्या हुन् । यस्तो समस्या देखिएमा सादा नून एक-एक चिम्टी मुठि्ठमा लिई आप\mनो बच्चाको शिरमा तीन फेरा घुमाई प\mयाँकि दिएमा आँखा लागेको तत्काल र्झछ ।यदि परिवारको कोही सदस्य सानो तिनो बिरामी परिरहे सो व्यक्तिको सिरानीमा सादा नूनको पात्र राखिदिनु पर्छ ।

वैज्ञानिक सोधअनुसार पनि नून हानिकारक कीटाणु तथा व्याक्टेरिया नाशक हो भनि मानि आएको छ । जहाँ नून हुन्छ, त्यहाँ कुनै कीरा लाग्दैन । अतः घरमा पुछपाछ गर्दा समय समयमा पानीमा नूनको प्रयोग गर्दा सकारात्मक उर्जा पाउन सकिन्छ ।

यदि मनमा कुनै प्रकारको भय, चिन्ता वा खिन्नता छ भने पनि दुवै हातमा एक-एक चिम्टी नून केही सेकेन्ड लिएर सो नूनलाई आप\mनै हातले वास बेसिन -हातमुख धुने ठाउँ) मा प\mयाँकि दिनाले चित्त शान्त रहन्छ ।

Google Search