१. मेष: मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो । २. बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो । ३. मिथुन: मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो । ४. कर्कट: कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् । ५. सिंह: सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्...