Posts

Showing posts with the label वास्तुविद्

वास्तु र ज्योतिषको अन्तर सम्बन्ध

आवासमा पर्ने अव्यक्त ब्रहृमाण्डीय शक्तिद्वारा मानवलाई र्सवाधिक लाभ पुर्‍याउनका लागि प्राचीन ऋषि महषिर्हरूले वास्तुशास्त्रलाई स्थापित गर्नुभयो जुन शास्त्रलाई हामी भवन निर्माणकला भन्ने गर्दछौं । भवन कुनै चलायमान होइन भनी जो वास्तु सिद्धान्तको उपेक्षा गर्दछन् भने त्यस्ता मानिसहरू दुःखी साथै चिन्तायुक्त अनेक समस्याहरूलाई भोग्ने गर्दछन् । वास्तुशास्त्रको अनुशरण गर्नाले स्वास्थ्य मानसिक शान्ति, सफलता, सुख-सम्मृद्धि पाउन सकिन्छ र आफ्नो जीवनमा आर्श्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ । मानवहरूको आश्रयको लागि वृक्ष पर्वत पहाडका गुफाहरूको प्रयोग गरे पछाडि ढुङ्गा, माटो र काठका घरहरू बनाइए । कालान्तरमा भवन निर्माणका अनेक संस्कारहरू विकसित भए । आश्रय आवासदेखि अन्य पूजापाठको लागि मठ, मन्दिरहरू बनाउन आरम्भ गरियो । यस्तै परम्परा अनुसार गाउँ बस्ती र नगरहरू जन्मिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा वास्तुको पहिलो प्रयोग पाईन्छ । त्यसैबाट वास्तुशास्त्रको उद्भव भयो र वैदिक शास्त्रमा पनि उक्त शास्त्र पर्ूण्ारूपमा देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रुपमा 'त्वष्टा'को उल्लेख गरेको पाइन्छ । अन्य शास...