मोबाइलबाटै ज्योतिष विद्या
'हेलो, ज्योतिष बाजे' बडाभैरव २ खोरका पे्रमबहादुर शाही फोनमा भन्दै थिए, 'हिजो मेरो छोरा जन्म्यो, उसको नाम जुराइदिनु पर्यो ?' ज्योतिष बाजेले जन्मेको समय, स्थान, बाबुआमाको नाम टिप्दै फोनमै उत्तर फर्काए, 'हुन्छ, बच्चाको नाम, ग्रहदशा कस्त्ाो छ दिउँसो हेर्छु । बुझ्नलाई साँझतिर फोन गर्नुहोला ।' दैलेखको पगनाथ ५ गन्मका ज्योतिष पञ्चरत्न अधिकारी र कट्टी खोलापारिको खोर गाउँका शाहीबीच भदौ ९ गते मोबाइलमा यस्तै बातचित भयो । आफ्ना गाउँका अतिरिक्त बडाभैरव, कट्टी, डाँडापराजुल, लाँकुरी, विन्ध्यवासिनी सहित छिमेकी गाविसका बासिन्दाले आफूसँग ज्योतिष सेवा तथा परामर्श मोबाइलबाटै लिने गरेको अधिकारी बताउँछन् । सञ्चारको विकासले हरेक क्षेत्रका कामकाजमा सहज भएजस्तै ज्योतिष अधिकारीलाई पनि मनग्गे फाइदा हुनपुगेको छ । 'बच्चाको नाम जुराउने, भविष्यवाणी गर्नेदेखि ग्रहदशा हेर्ने र शुभअशुभ कार्यको साइत हेर्ने काममा मोबाइल साथी भएको छ,' उनले खुसी हुँदै सुनाए, 'यस्ता सबै कामको अर्डर मोबाइलबाटै लिन्छु र हेरिसकेपछि यसैबाट जानकारी गराउँछु ।' ज्योतिष अधिकारी जिज्ञासुका सबै प्रश्न टिपोट ...