Friday, February 5, 2010

नामको आधारमा १२ राशीको जानकारी


१. मेष: मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो ।

२. बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो ।

३. मिथुन: मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४. कर्कट: कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् ।

५. सिंह: सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै सिंह राशीमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।

६. कन्या: कन्या राशीमा उत्तराफाल्गुनीको बाँकि तीन पाउ हस्ता, चित्रा नक्षत्रको दुई पाउ (टो प पि पु ष ण ठ पे पो) यी नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु सवै एकै कन्या राशी भित्र पर्दछन् । बुध ग्रह कन्न्या राशीका स्वामी हुन् ।

७. तुला: तुला राशीमा चित्रा नक्षत्रका बाँकि दुई पाउ स्वाती, विशाखाको तीन पाउ (र रि रु रे रो ता ति तु ते) नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै तुला राशीमा पर्दछन् । तुला राशीका स्वामी शुक्र ग्रह हुन् ।

८. बिच्छा: बिच्छा राशीमा बाँकि बिशाखाको एक पाउ अनुराधा, जेष्ठा (तो ना नि नु ने नो या य यु ) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बिच्छा राशी भित्र पर्दछन् । बिच्छा राशीका स्वामी मंगल (भौम) ग्रह हुन् ।

९. धन: धन राशीमा मूल, पुर्वाषाढा, उत्तराषाढाको एक पाउ (य यो भ भि भु धा फा ढा भे) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै धन राशीमा पर्दछन् । धन राशीका स्वामी बृहस्पति ग्रह हुन् ।

१०. मकर: मकर राशीमा उत्तराषाढाको बाँकि तीन पाउँ श्रवण, धनेष्ठाको दुई पाउ (भो जा जि खि खु खे खो गा गि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मकर राशीमा पर्दछन् । मकर राशीको स्वामी शनिश्चर ग्रह हो ।

११. कुम्भ: कुम्भ राशीमा बाँकि धनेष्ठा नक्षत्रका दुई पाउ शतविशा, पुर्वाभाद्रका तीन पाउ (गु गे गो सा सि सु से सो द) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कुम्भ राशी भित्र पर्दछन् । कुम्भ राशीका स्वामी पनि शनि ग्रह नै हो ।

१२. मीन: मीन राशीमा पुर्वाभाद्र नक्षत्रको बाँकि एक पाउ उत्तराभाद्र र रेवती (दि दु थ झ ञ दे दो च चि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मीन राशीमा पर्दछन् । मीन राशीका स्वामी बृहष्पति ग्रह हुन् ।

No comments:

Post a Comment

Google Search